२० मंसिर २०८२, शनिबार
,
Latest
प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

रणवीरको ‘एनिमल’ले तीन दिनमै कमायो २०१ करोड



अ+ अ-

एजेन्सी । शुक्रबारदेखि विश्वव्यापी रुपमा प्रदर्शनमा आएको रणवीर कपुर अभिनित फिल्म ‘एनिमल’ले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ ।

फिल्मलाई लिएर मिश्रित प्रतिक्रियाहरु आइरहेको भएपनि फिल्मको कमाईमा भने उछाल आइरहेको छ । ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार फिल्मले ओपनिङ डे अर्थात् शुक्रबार ५४.७५ करोड, शनिबार ५८.३७ करोड र आइतबार ६३.४६ कलेक्शन गरेको छ । यो कमाई हिन्दी भर्सनमा मात्र रहेको छ ।

यस्तै, साउथ इन्डियन भाषामा फिल्मले शुक्रबार ९.०५, शनिबार ८.९० र आइतबार ७.२३ गरी २५.१८ करोडको कमाई गरेको छ । यसरी फिल्मले सबै भाषामा गरी तीन दिनमै २०१.७६ करोडको कमाई गरेको छ ।

एनिमलमा रणवीर कपूर बाहेक अनिल कपुर, बबी देओल र रश्मिका मन्दानाको पनि अभिनय रहेको छ । फिल्मलाई सन्दीप रेड्डी वांगाले निर्देशन गरेका छन् ।