५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमिताभले दिल्लीको घर कतिमा बेचे ?



अ+ अ-

एजेन्सी । बलिउड महानायक अमिताभ बच्चनले दिल्लीमा रहेको आफ्नो पुर्ख्यौली घर बेचेका छन् । 

दिल्लीस्थित पिता हरिवंश राय बच्चन र आमा तेज बच्चन बसेको घर अभिताभले बेचेका हुन् । 

अमिताभको दिल्लीको घरको नाम सोपान थियो । उनले उक्त घर २३ करोड भारुमा बेचेका हुन् ।

गुल्मोहर पार्कमा रहेको घर अमिताभले महंगो मूल्यमा किन बेचे भन्ने खुलेको छैन । 

अमिताभ मुम्बई आएपछि उनका माता–पिता पनि उनीसँगै आएका थिए । घर पुरानो भएकाले पनि अभ्नीले अब यसलाई नयाँ ढंगले तयार पार्ने बताएका छन् । 

अमिताभको मुम्बईमा मात्रै चारवटा घर रहेका छन् । जसमध्ये अमिताभ र उनको परिवार जलसामा बस्छन् ।