२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अहिले नै मन्त्रीमण्डल पुनः गठनको सम्भावना छैनः प्रधानमन्त्री



तस्बिरः रासस
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीमण्डल पुनः गठनको सम्भावना नरहेको बताउनुभएको छ ।

आईतवार युएई भ्रमण सकेर स्वदेश फर्किएसँगै विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले मन्त्रीमण्डल पुनःगठनबारे गठबन्धनभित्र छलफल नै नभएको स्पष्ट पार्नुभयो । उहाँले मन्त्रीमण्डल पुनःगठन बाहिर हल्ला फिजाउनका लागि मात्रै भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सरकार गठन भएको बेलादेखि नै मन्त्रीमण्डल पुनःगठन हुन्छ । को मन्त्री हट्छ, को आउँछ, गृहमन्त्री हट्ने भन्नेकुरा धेरै भयो । तर अहिले कुनै त्यस्तो हामीले गठबन्धन भित्र छलफल पनि छैन, कुरा पनि छैन, सोचिएको पनि छैन, म आफैँ प्रधानमन्त्री छु, मेरो दिमागमै छैन । त्यसकारण यो कुरा हल्लामात्रै हो, सत्यता छैन ।’

प्रधानमन्त्री दाहालले दुबई भ्रमणका क्रममा दुबई जानबाट वञ्चित भएका ३१ जना यात्रुहरु छुटेकोप्रति दुःख व्यक्त गर्नुभयो । उहाँले आफूलाई दुई घण्टा अघि सार्दा सो यात्रुहरु छुट्छन् भन्ने जानकारी भए तोकिएको समयमै आफू जाने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यदी मलाई दुई २ घण्टा अघि सारिँदैछ र त्यसो गर्दा ३१ जना यात्रु छुट्दैछन् भन्ने थाहा भएको भए म दुई घण्टा छिटो जाँदिन थिएँ, जुन समय हो त्यही समयमा जान्थेँ । उहाँ पुगेपछि मेरो कारणले दुई घण्टा छिटो ल्याउन खोज्दा छुटेको भन्ने थाहा पाएँ ।’

प्रधानमन्त्री दाहालले समग्रमा कोप २८ मा नेपालको तर्फबाट महत्वपूर्ण प्रश्ताव र कुरा राखेको बताउनु भयो ।