८ आश्विन २०८१, मंगलवार
,
Latest
महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक काठमाडौंमा पहिलो पटक स्याउ मेला आयोजना हुने चेपाङ गाउँका खेतमा झुल्यो लहलह धान देश आर्थिक रुपले संकटमा जाने अवस्थामा छ: डा प्रकाशचन्द्र लोहनी लुम्बिनि विकास कोषमा तनावः निर्माण व्यवसायीले घेरे पदाधिकारी, समस्याको कारक सदस्य सचिव लामा भएको आरोप प्रकाशमानलाई रवीन्द्र मिश्रको च्यालेञ्जः ‘एक्लै–एक्लै फाइट गर्ने ?’ राप्रपा अतिवादी धर्ममा विश्वास गर्दैन, उदारवादमा विश्वास गर्छ: बुद्धिमान तामाङ नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट वनमन्त्री शाही संग भुटानका उर्जा तथा प्राकृति श्रोत मन्त्रीबीच शिष्टाचार भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

संखुवासभामा बस दुर्घटना हुँदा ३२ घाइते, १३ गम्भीर अवस्थामा (तस्बीरहरु)



फाईल फोटो
अ+ अ-

काठमाडौं । संखुवासभाको मादी नगरपालिकाबाट धरानतर्फ जाँदै गरेको बस दुर्घटना भएको छ । उक्त बस दुर्घटना धर्मदेवी नगरपालिका–४ मा भएको हो । 

उक्त बस दुर्घटनामा ३२ यात्रु घाइते भएका छन् भने १३ जनाको अवस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरिक्षक योगराज खतिवडाले जानकारी दिनुभयो। 

दुर्घटनामा परेको १९ जनाको प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा उपचार भइरहेको र गम्भीर घाईते १३ जनाको सुनसरीको बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ।

शुभम डिलक्स को १ख २८२४ नम्बर रहेको बस दुर्घटनामा परेको हो ।  हालसम्म बस चालक र सहचाकल फरार रहेका छन्।