१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

संखुवासभामा बस दुर्घटना हुँदा ३२ घाइते, १३ गम्भीर अवस्थामा (तस्बीरहरु)



फाईल फोटो
अ+ अ-

काठमाडौं । संखुवासभाको मादी नगरपालिकाबाट धरानतर्फ जाँदै गरेको बस दुर्घटना भएको छ । उक्त बस दुर्घटना धर्मदेवी नगरपालिका–४ मा भएको हो । 

उक्त बस दुर्घटनामा ३२ यात्रु घाइते भएका छन् भने १३ जनाको अवस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरिक्षक योगराज खतिवडाले जानकारी दिनुभयो। 

दुर्घटनामा परेको १९ जनाको प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा उपचार भइरहेको र गम्भीर घाईते १३ जनाको सुनसरीको बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ।

शुभम डिलक्स को १ख २८२४ नम्बर रहेको बस दुर्घटनामा परेको हो ।  हालसम्म बस चालक र सहचाकल फरार रहेका छन्।