• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo

अपाङ्गमैत्री वातावरण निर्माण गर्न आयोगको आग्रह



काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले तीनवटै तहका सरकारलाई अपाङ्गमैत्री वातावरण निर्माण गर्न आग्रह गरेको छ ।

अपाङ्गता भएका व्यक्ति अझै समस्या रहिरहनु उपयुक्त नभएकाले सङ्घीय, प्रदेश तथा स्थानीय तहका सरकारलगायत सम्बन्धित सबैको आयोग पुनः ध्यानाकर्षण गराएको छ ।

आयोगका प्रवक्ता टीकाराम पोखरेलले आज अपाङ्गता भएका व्यक्तिको अन्तरराष्ट्रिय दिवसका अवसरमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आयोगले गरेका सिफारिस सरकारलगायत सबै सरोकारवाला निकायबाट पूर्णरुपमा कार्यान्वयन हुनेमा आयोगले विश्वास लिएको छ ।” रासस