• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा ★   तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात ★   नेताहरुको कुर्सी मोहका कारण मुलुक कमजोर अवस्थामा पुग्यो: विप्लव ★   कसैलाई आरोप लगाएको छैन, समाचार सदनमा पढेर सुनाएको हुँ – गृहमन्त्री

‘यदि धोनीले सन्यास लिए भने आईपीएल २०२५ मा ऋषभ पन्तले चेन्नईको कप्तानी गर्नेछन्’



एजेन्सी । भारतीय पूर्व क्रिकेटर दीप दासगुप्ताले ठूलो दाबी गर्दै सबै क्रिकेट फ्यानलाई चकित पारेका छन् । दीप दासगुप्ता विश्वास गर्छन् कि यदि महेन्द्र सिंह धोनीले आईपीएलबाट सन्यास लिए भने, ऋषभ पन्तलाई आईपीएल २०२५ मा चेन्नई सुपर किंग्सको नेतृत्वमा देख्न सकिनेछ ।

विश्वकपको फिभर सकिएपछि आईपीएलको रंगले क्रिकेट फ्यानहरूलाई प्रभावित पार्न थालेको छ । हालसालै सबै फ्रेन्चाइजीहरूले आफ्ना रिटेन र रिलिज खेलाडीहरूको सूची सार्वजनिक गरेका छन् । अहिलेसम्म देखिएको सबैभन्दा ठूलो परिवर्तन भनेको गुजरात टाइटन्स छाडेर हार्दिक पाण्ड्या मुम्बई इन्डियन्समा फर्किएका छन् ।

दीप दासगुप्ताको ठूलो बयान


यसै क्रममा पूर्व भारतीय क्रिकेटर दीप दासगुप्ताको एउटा ठूलो बयान चर्चामा छ । वन क्रिकेटसँग कुरा गर्दै दीप दास गुप्ताले सीएसकेमा एमएस धोनीको ठाउँमा ऋषभ पन्त आउने बताएका छन् । उनले भने कि ऋषभ पन्त आईपीएल २०२५ मा चेन्नई सुपर किंग्सको कप्तानीमा देखिनेछन् ।

दीप दासगुप्ताले भने, ‘आईपीएल २०२५ मा ऋषभ पन्तलाई पाएमा अचम्म नमान्नुस् । एमएस धोनी र ऋषभ पन्त एकदमै नजिक छन् । पक्कै पनि ऋषभले एमएस मन पराउँछन् र एमएस पनि उनलाई धेरै मन पराउँछन् । उनीहरु सँगै धेरै समय बिताउँछन् । उनीहरुको सम्बन्ध र ऋषभको सोंच धेरै मिल्दोजुल्दो छ ।’

ऋषभ पन्त डिसेम्बर २०२२ मा कार दुर्घटना पछि पुनर्वासमा छन् । उनी छिटो निको भइरहेका छन् । आईपीएल २०२३ बाट बाहिरिएपछि पन्त पुनरागमन गर्न आतुर छन् । दिल्ली क्यापिटल्सका क्रिकेट निर्देशक सौरभ गांगुलीले नोभेम्बर ९ मा पन्त राम्रो अवस्थामा रहेको र आईपीएल २०२४ मा टोलीको नेतृत्व गर्ने बताएका थिए ।