• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

तामाङ चलचित्र जगतका महानायक अमिर दोङ अभिनित ‘छामेला गोइलो’ बजारमा



काठमाडौँ । रिलिज अगावै चर्चा बटुलेको ‘छामेला गोइलो’ बजारमा आएको छ । नेपाली सेलो म्युजिक युटुब च्यानलबाट उक्त गीत बौद्धमा एक पत्रकार सम्मेलन गरी सार्वजानिक गरिएको हो ।

बिजय तामाङ र अनु लामाले लेखेको गीतलाई चर्चित गायक एंव संगीतकार विशाल काल्तानले संगितबद्ध, दिपेश प्रधानले मिक्सिङ गरेका हुन् भने चाँद सिङले संगीत संयोजन गरेका हुन् । गीतमा उनै चर्चित गायक एंव संगीतकार विशाल काल्तन र गायिका सुमिना लो आवाज रहेको छ ।

म्युजिक भिडियोमा निर्देशक एंव तामाङ चलचित्र जगतका महानायक अमिर दोङ र नायिका सुस्मा मोक्तान,रमेश लामा, विना लोप्चन,कुइसाङ रुम्बा र पदम दोङको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।

म्युजिक भिडियोलाई उनै निर्देशक एंव तामाङ चलचित्र जगतका महानायक अमिर दोङले निर्देशन, विष्णु गोले, भिषण दोङले कोरियोग्राफी, त्रिलोक लामाले छायांकन, सुर्य लामाले कलर गरेका हुन् ।

भिडियो : https://youtu.be/Qe_9ikCXnXI