• १० असार २०८१, सोमबार
  •      Mon Jun 24 2024
  •   Unicode
Logo
Latest
★   हनुमान चालिसा कहिले र कसले लेखे ? ★   काँग्रेस भित्रको फोहोर सफा गर्न आवश्यक छ: महामन्त्री थापा ★   अथाह प्रेमको बावजुद, यी गल्तीहरूले ब्रेकअप निम्त्याउन सक्छ ! ★   एकसिङ्गे गैँडाको खाग खरिद बिक्रीको अभियोगमा मुद्दा दायर ★   नेप्से परिसूचक सामान्य अङ्कले बढ्दा पाँच अर्बमाथिको कारोबार ★   नेपालगञ्जको बजेट रु एक अर्ब ५० करोड ३८ लाख ८६ हजार ★   छाउपडी लगायतका कुप्रथा अन्त्यका मन्त्रालयहरुबीचको समन्वयमा समिति बनाइने ★   तारकेश्वर नगरपालिका-३ स्थित जितपुर पाँचमानेमा अवस्थित धार्मिक एवं पर्यटकीय स्थल भुवनेश्वरी मन्दिर ★   जीतपुर सिमरा उपमहानगरपालिकाको नगरसभामा कुर्सी हानाहान ★   भ्रष्टाचारबिरुद्ध अझ निर्मम बन्न सरकारलाई सांसद गैरेको आग्रह

फेरिएको काँठ क्षेत्रको परिवर्तित जीवनशैली -फोटोफिचर



बुंगमतीमा परम्परागत ढंगले डोको बोकेर खेतबाट घर फर्कदै । नेवारी समुदायले परम्परागत भेषभुसा परिवर्तन भएको पाइन्छ ।

शहरबजारदेखि बाहिरको गाउँ–बस्ती अर्थात कछाड क्षेत्रलाई काँठ क्षेत्रको रुपमा चिन्ने गरिन्छ । काँठको रहनसहन केही शहरिया जीवनशैलीजस्तो देखिन्छ त केही ग्रामीण जीवनशैलीजस्तो । सामान्य बोलिचालीको भाषामा काँठ भनेको शहर पनि होइन र गाउँ पनि । काठमाडौं उपत्यकाको कुरो गर्दा यहाँको चक्रपथभन्दा बाहिरको ग्रामिण क्षेत्रलाई काँठ भनिन्छ ।

यसो हेर्दा शहरिया जनजीवनजस्तो तर ग्रामिण जनजीवनजस्तो पनि देखिने काँठको जनजीवन सदियौंदेखि आफ्नै प्रकारले चल्दै आएको छ । हिजोको परिवेशमा काँठको छुट्टै पहिचान र परिचय थियो । काँठको जनजीवनमा आत्मियता, आफ्नोपन र आदर्श समाज थियो । काठमाडौं उपत्यकाको चक्रपथ भित्रको स्थानलाई काँठका मानिसहरु शहर भन्ने गर्दथे । आफ्नो घरगाउँबाट काठमाडौंको चक्रपथभित्र जानुपरेमा काँठका मानिसहरु शहर जाने भन्ने सम्बोधन गर्दथे । काँठका मानिसहरु उच्चशिक्षा, स्वास्थ्य, रोजगारी लगायतका सवालमा शहरप्रति निर्भर थिए । काँठका आफ्नै मूल्य, मान्यता र परम्पराका कारण जीवनशैली जीवन्त थियो । तर अहिले बिस्तारै काँठ क्षेत्र काँठको रुपमा रहन सकिरहेको छैन । यो कायापलट भएको केही समय मात्र भयो ।

काँठ अब काँठजस्तो रहेन । समयको आरोहअवरोहबाट काँठ अछुतो रहन सकेन । समयका कारण काँठलाई पनि सकारात्मक परिवर्तन र नकारात्मक परिवर्तमा समाहित हुन बाध्य बनायो । करिव एक दशकको अवधिमा काँठमा ठूलो परिवर्तन आएको छ । काठँको हरियाली लगभग सकिएको छ ।

काँठको जग्गा खरिद–बिक्री यसरी बढेको छ कि, जग्गा होइन त्यहाँ कुनै अमूल्य चिजको खरिद–बिक्री भइरहेको छ । आधुनिकताको नाममा जग्गा प्लटिङ गर्दा प्राकृतिक सौन्दर्यको दोहन भएको यत्रतत्र देख्न सकिन्छ । वातावरणीय दृष्टिकोणबाट समेत काँठ प्रदुषित बनेको छ । आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले तयार पारेको फेरिएको काँठ क्षेत्रको परिवर्तित जीवनशैलीबारेका केही तस्बिरहरु ।

ललितपुरको फर्सीडोल र काठमाडौं फपिङ जोड्ने सडक । काँठ क्षेत्रमा कच्ची सडक मनग्गे बनेका छन् । स्तरोन्नती हुन सकेको छैन ।
काठमाडौं दक्षिणकाली १ को परम्परागत बस्तीमा बनाइएको आधुनिक घर ।
डुकुछापमा टनेलखेती । काँठमा पछिल्लो समय परम्परागत खेती प्रणाली छोडेर टनेलमा खेती भइरहेको छ ।
भक्तपुरको घ्यापेडाँडामा लबनाइएको बहुतले घर । काँठका पहाड र भिरालो ठाँउमा ढलान गरेर बहुचले घर निर्माण हुने क्रम बढेको छ ।
ललितपुरको झरुवाराशीका ईटा भट्टा । काँठ क्षेत्रमा सञ्चालित भट्टाका कारण प्रदुषण बढ्दो छ ।
काठमाडौंको बोसनडाँडामा आधुनिक घर र बाँजो बारी । काँठका बस्तीमा किसानले बाँजो खेत र बारी राखेको धेरै भेट्न सकिन्छ ।
काठमाडौ दक्षिणकाली नगरको बोसनडाँडा । पछिल्लो समय काँठ पाखा भित्तामा बाटो पु¥याइएको छ । होटल रिर्सोट खुलेक छन् ।
ललितपुरको लामाटार भक्तपुरको गुण्डुलगायतको फाँट । शहरका फाँट बस्तीले भरिने अवस्थामा आएको छ ।
ललितपुरको कोटडाँडाको पाखोमा जग्गा प्लटिङ । घरजग्गा किनबेच बढ्दै गएपछि भित्ता पाखोका जग्गा बिक्रि भएको छ ।
टौदह नजिकैको एक बस्ती । काँठका खाली जमिनमा यस्ता प्लटिङ पैशस्तै भेटिन्छन् ।