
काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत नवौँ चरणमा बाँकी रहेको च्यासल युथ क्लब र नेपाल पुलिस क्लबबीचको खेल फेरि स्थगित भएको छ।
यी दुई टिमबीच माघ दुई गते खेल हुने तालिका रहेको भएपनि च्यासलका १९ जना खेलाडीमा कोभिड संक्रमण पुष्टि भएसँगै खेल स्थगित भएको थियो।
स्थगित भएको खेललाई २२ गते दशरथ रंगशालामा खेलाउने गरी अखिल नेपाल फुटबल एसोसिएसन (एन्फा)ले मिति नै तोकेको थियो। यद्यपि भोलि पनि खेल नहुने भएको हो।
एन्फाले मैदानको अवस्था खराब रहेको कारण देखाउँदै खेल बुधवार दिउँसो १ बजेबाट शुरु हुने जनाएको छ।