२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाद्वारा ३.२५ अर्बको फिड द फ्युचर नेपाल युएसएआइडी कृषि सामाग्री कार्यक्रमको शुभारम्भ



अ+ अ-

काठमाडौँ: अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) र नेपाल सरकारले आज ‘फिड द फ्युचर नेपाल युएसएआइडी कृषि सामाग्री’ नामक नयाँ कार्यक्रमको को संयुक्त रूपमा शुभारम्भ गरेका छन् ।

करिब सवा तीन अर्ब रुपैयाँसम्मको कोष उपलब्ध हुने सो कार्यक्रमले कृषि सामाग्रीसम्मको पहुँचलाई व्यवस्थित बनाउन र नेपालको समग्र कृषि विकासमा योगदान पुर्‍याउन काम गर्नेछ ।

सुदूर पश्चिम, कर्णाली, लुम्बिनी, बागमती र मधेस प्रदेशका गरी १६ जिल्लामा सञ्चालन हुने उक्त पञ्चवर्षीय कार्यक्रम चार अत्यावश्यक कृषि सामाग्रीहरू – बीउ, मल, सिँचाइ र कृषि यान्त्रीकरण – मा केन्द्रित हुनेछ।

“आर्थिक वृद्धि र समृद्धिको पथमा युएसएआइडी लामो समयदेखिको साझेदार हो र वैश्विक खाद्य सुरक्षा रणनीति अन्तर्गतको ‘फिड द फ्युचर’ पहलमा नेपाल प्राथमिकताप्राप्त मुलुक रहेको छ,” शुभारम्भ कार्यक्रममा बोल्दै युएसएआईडी एसिया ब्यूरो सहायक प्रशासक माइकल शिफरले भन्नुभयो । “आज यस अवसरको शुभारम्भ गर्न पाउँदा म उत्साहित छु किनकि यसको लक्ष्य उत्पादकत्व वृद्धि गर्नु मात्र होइन; यो त साना किसानलाई सबल बनाउन, गरिबी घटाउन र ग्रामीण आय बढाउनका लागि हो । नेपाली जनतालाई लाभ पुर्‍याउने समावेशी विकास मोडेलको सृजना गर्नका लागि हो । साथै, रोजगारी सृजना गर्न, आर्थिक विकासलाई उत्प्रेरित गर्न र स्थानीय समुदायहरूका जीवनमा सार्थक परिवर्तन ल्याउनका लागि हो ।”

यस कार्यक्रमले आधुनिक कृषि सामाग्री तथा प्रविधिमा पहुँच अभिवृद्धि गराई दुई लाखभन्दा बढी कृषक र उनीहरूका परिवारलाई लाभान्वित गर्ने अपेक्षा राखिएको छ । यसले उत्पादकत्व र आय वृद्धि गरी नेपालमा गरिबी न्यूनीकरण र खाद्य सुरक्षामा सुधार गर्नेछ।