२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिग टूको पहिलो सिरिज नेपालमा हुने, नेदरल्याण्ड्स र नामिबिया खेल्न आउँदै



अ+ अ-

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको पहिलो त्रिकोणात्मक शृङ्खला घरेलु मैदानमा हुने भएको छ । नेपाल, नेदरल्याण्ड्स र नामिबियाबीच हुने उक्त शृङ्खला आगामी फागुन ५ देखि हुने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ । नेपालले दुबै टोलीसँग समान दुई खेल खेल्नेछ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)का अनुसार यस संस्करणको खेलमा विभिन्न आठ राष्ट्र सहभागी हुनेछन् । जसमा नेपालसहित नामिबिया, क्यानडा, नेदरल्याण्ड्स, स्कटल्यान्ड, संयुक्त अरब इमिरेट्स (युएई), ओमान र अमेरिका छन् ।

लिग सन् २०२७ सम्म सञ्चालन हुनेछ । यसअघि सन् २०१९ देखि २०२३ सम्म भएको अघिल्लो संस्करणको लिगमा नेपालले तेस्रो स्थान हासिल गरेको थियो ।