२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

वडा तहसम्म समानान्तर समिति बनाउने नेपाल – खनाल समूहको निर्णय

वडा तहसम्म समानान्तर समिति बनाउने नेपाल – खनाल समूहको निर्णय
अ अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटीले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई २०७५ जेठ २ गतेलाई आधार मानेर पार्टी एकतामा फर्कन आह्वान गरेको छ ।

शनिबार काठमाडौंमा बसेको बैठकले सर्वोच्च अदालतको फागुन २३ गतेको फैसला पछि दुवै पार्टी पूर्ववत अवस्थामा फर्केकोले २०७५ साल जेठ २ गतेलाई आधार मानेर पार्टी एकतामा फर्कन अध्यक्ष ओलीलाई आह्वान गरेको हो । बैठक पछि पत्रकारहरुसँग कुरा गर्दै स्थायी कमिटी सदस्य योगेश भट्टराईले भन्नुभयो ‘फागुन २३ गते सर्वोच्च अदालतले गरेको फैसला दुवै पार्टीहरुलाई पूर्ववत अवस्थामा फर्कनको निम्ति निर्देशन दिएको छ अदालतले त्यो अनुसार नै जेठ २ गतेलाई आधार मानेर पार्टी एकतामा फर्कन हामीले पार्टी अध्यक्षलाई समेत आह्वान गरेका छौं ।’

बैठकले देशभर संगठन निर्माण, सुदृढीकरण अभियानका साथै प्रशिक्षणका दुई महिने कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको पनि नेता भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो ‘आगामी दुई महिनाको लागि देशभर पार्टी संगठन निर्माण तथा सुदृढीकरण अभियान चलाउने निर्णय गरेको छ । यो अभियानको मुल नारा ‘नेकपा एमालेको एकता बचाऔं, कम्युनिष्ट आन्दोलनको रक्षा गरौं’ भन्ने मुल नारा तय भएको छ र दुई महिना व्यापक अभियान चल्नेछ ।’

यस्तै बैठकले चैत्र ४ र ५ गते सम्पन्न भएको राष्ट्रिय कार्यकर्ता भेलामा प्रस्तुत भएको अवधारणापत्रलाई पूर्ण रुप दिएको छ । उक्त अवधारणापत्रलाई प्रकाशित गरि पार्टीगत रुपमा देशभर वितरण गरिने नेता भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो ‘चैत्र ४ र ५ गते सम्पन्न भएको राष्ट्रिय कार्यकर्ता भेलामा प्रस्तुत भएको अवधारणपत्र (प्रतिवेदन)मा राष्ट्रिय भेलामा आएका सुझाव र अहिले स्थायी कमिटी र केन्द्रीय कमिटीका सुझाव र अहिले स्थायी कमिटी र केन्द्रीय कमिटीका कमरेडहरुबाट प्राप्त सुझावलाई समेत समावेस गरिकन यसलाई अन्तिम रुप दिएको छ । अब यो प्रकाशित भएर पार्टीव्यापी रुपमा वितरणमा जानेछ ।’

यस्तै पार्टीमा उत्पन्न भएको अन्तरविरोधको राजनीतिक, सैद्धन्तिक, साङ्गठनिक र कार्यसैलिगत भिन्नताको पक्षलाई समेटेर प्रशिक्षण सामग्री बनाई पार्टीव्यापी रुपमा देशभर प्रशिक्षणको लागि वितरण गर्ने निर्णय पनि बैठकले गरेको छ । नेता भट्टराईले भन्नुभयो ‘पार्टीमा उत्पन्न भएको अन्तरविरोध यसको राजनीतिक पक्ष, सैद्धान्तिक पक्ष, यसको वैचारिक पक्ष, संगठनात्मक पक्ष साथै पार्टीभित्र देखिएका कार्यसैलिगत भिन्नताहरु ल्गायतका विषयहरुमा हामीले उठाउँदै आएका मुद्दाहरुलाई समग्रमा समेटेर प्रशिक्षण सामग्री बनाइने छ र त्यसलाई पनि प्रकाशित गरेर पार्टीव्यापी रुपमा प्रशिक्षणको निम्ति पठाइने छ ।’

बैठकले २०७५ साल जेठ २ गते कायम भएका कमिटीहरुलाई पनुरसञ्चालन गर्ने र आवस्यकता अनुसार गठन, पुनरगठन गरी देशभर प्रशिक्षण अभियान चलाउने निर्णय पनि गरेको छ । यसका निम्ति केन्द्रीय कमिटीका सदस्यहरुलाई केन्द्रीय प्रतिनिधिका रुपमा तोकेर जिल्ला पठाउने निर्णय पनि बैठकले गरेको छ ।

बैशाख ९ गते पार्टी स्थापना दिवसको अवसरमा कम्युनिष्ट आन्दोलनको एकताका लागि ध्यान दिदै देशव्यापी रुपमा कार्यक्रमहरु गरी मनाउने र काठमाडौंमा भव्य कार्यक्रम गर्ने निर्णय पनि बैठकले गरेको छ । यस्तै बैशाख १३ गते मनमोहन अधिकारीको स्मृति दिवस देशव्यापी रुपमा मनाउने र विराटनगरमा केन्द्रीय स्तरको कार्यक्रम गर्ने भएको छ । जेठ ३ गते मदन आस्रित स्मृति दिवसलाई पनि एकताकै शिलशिलामा जोडने र चितवनमा राष्ट्रिय स्तरको कार्यक्रम आयोजना गर्ने निर्णय बैठकले गरेको छ ।