२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

अहिलेको युग विकास र समृद्धिको युग होः मुख्यमन्त्री राई

अहिलेको युग विकास र समृद्धिको युग होः मुख्यमन्त्री राई
अ अ+ अ-

खोटाङ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले अहिलेको युग विकास र समृद्धिको युग भएको बताउनुभएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा स्थापना गरिएको कम्पोष्ट मल उद्योग, बायोग्यास प्लान्ट र कृषि स्रोतको उद्घाटन कार्यक्रममा शनिबार उहाँले प्रदेश नं १ को सबै जिल्लामा सडक, पुल, खानेपानी, विद्युत, कृषि, पर्यटनलगायतको विकासले जनतामा समृद्धि मिलेको बताउनुभयो । 

“प्रदेश सरकार बनेपछि सडक, पुल, खानेपानी, विद्युत्, कृषि, पर्यटनलगायतको विकासले जनतामा सुविधा पुगेको छ”, उहाँले भन्नुभयो, “अहिलेको युग विकास र समृद्धिको युग भएकाले जनताको अपेक्षाअनुसार प्रदेश सरकारले समेत क्रियाकलाप अगाडि बढाएपछि जनता पनि खुशी भएका छन् ।”

प्रदेश सरकारले अगाडि बढाएको कृषिमा अनुदान, युवालाई रोजगारलगायतका कामले समेत जनता खुशी भएको मुख्यमन्त्री राईले जिकिर गर्नुभयो । पहाडी जिल्ला धनकुटा, भोजपुर र खोटाङको विकासे योजनाको अनुगमनमा आउनुभएका राईले मध्यपहाडी लोकमार्गअन्तर्गतको चखेवा–दिक्तेल सडक, समगरमाथा लोकमार्गअन्तर्गत माहुरे–फोक्सिङटार सडक निर्माणमा ढिलासुस्ती भएकाले त्यसलाई तीव्रता दिन सम्बन्धित निकायलाई निर्देशन दिनुभयो ।

दिक्तेल रुपाकोट मझुवागढी–१४ बुइपास्थित पञ्चदोबाटोको यलम्बर उद्यान, ट्याम्के भ्यूटावर, मुन्धुम ट्रेलको काम धमाधम भइरहेकाले त्यसको विकासले पर्यटन प्रवद्र्धनमा उल्लेख्य भूमिका निर्वाह गर्ने मुख्यमन्त्री राईले बताउनुभयो । प्रदेश सरकारको तर्फबाट संसारको होचो स्थान झापाबाट संसारकै सर्वोच्च शिखर सगरमाथासम्म केबलकार योजना, सुनकोशीको दोलालघाटमा जेटबोटलगायतको योजना अघि बढाइएको मन्त्री राईले बताउनुभएको छ ।

मुख्यमन्त्री राईले प्रदेशको नामाङ्कन गर्न बाँकी रहेकाले नामाङ्कनको काम पनि चाँडै नै गरिने बताउनुभयो । कोभिड–१९ का कारणले विलम्ब भएको उल्लेख गर्नुहुँदै मख्यमन्त्री राईले प्रदेश नं १ लाई छिट्टै नाम दिने बताउनुभयो । यद्यपि राजनीतिक खिचातानी भयो भने प्रदेश नं १ को नामकरणमा समस्या आउने मुख्यमन्त्री राईको भनाइ थियो । “प्रदेशको नामाङ्कन विश्वभर फैलिएको कोभिड–१९ ले गर्दा ढिलो भयो, अब छिट्टै नै टुङ्ग्याउने तयारी गरेका छौँ”, उहाँले भन्नुभयो, “नामकरणमा राजनीतिक खिचातानी भयो भने समस्या हुन्छ ।”

मुलुकमा सिर्जना भएको राजनीतिक खिचातानीकै कारण विकासमा सरकारलाई असहज सिर्जना भएको मुख्यमन्त्री राईको भनाइ थियो । “केही नेताहरुले अस्थिरता निम्त्याउने खेल खेलेकाले विकासमा समस्या भयो”, उहाँले भन्नुभयो, “ठूलाठूला षड्यन्त्रले गर्दा मुलुकमा अस्थिरता सिर्जना भयो, त्यसले विकासमा पनि असर गर्यो ।”

अर्थमन्त्रालयको विशेष अनुदानवापतको रु तीन करोड ३२ लाखको लागतमा सोल्मास्थित अजम्बरी टोलमा कम्पोष्ट मल उद्योग, बायोग्यास प्लान्ट र कृषि स्रोत केन्द्र स्थापना गरिएको नगरप्रमुख दीपनारायण रिजालले बताउनुभयो । नगर कार्यपालिका सदस्य गङ्गाबहादुर विश्वकर्माले निःशुल्क उपलब्ध गराउनुभएको दुई रोपनी जग्गामा कम्पोष्ट मल उद्योग, बायोग्यास प्लान्ट र कृषि स्रोत केन्द्र स्थापना गरिएको हो ।

उद्योगबाट उत्पादित कम्पोष्ट मल मलिलो र राम्रो हुने नगरपालिकाका कृषि शाखा प्रमुख धर्मेन्द्र कलौनीले बताउनुभयो । प्राविधिकका अनुसार टर्नरमा काटेर थुममा हालेर क्रसर चलाएपछि धुलो बनेको मलको कच्चा पदार्थ स्क्रिनिङ मेसिनमा पुग्दा तयारी भएर बोरामा प्याक भएर मलका रूपमा बाहिर निस्कन्छ । 

कम्पोष्ट मल उद्योगसँगै बनाइएको बायोग्यास प्लान्टमा मानव मलमूत्र तथा गाईभैँसीको गोबर हालेर ग्यास उत्पादन गर्ने तयारी गरिएको छ । तीन हजार ५०० घनमिटर क्षमताको भूमिगत डुम (ट्याङ्की)मा कच्चा पदार्थ हालेर गोबर ग्यास उत्पादन गर्ने र त्यसलाई सिएनजी ग्यासमा परिवर्तन गरेर एलपी ग्यासकै रूपमा सिलिण्डर भरेर उपभोक्तालाई वितरण गर्न मिल्ने जनाइएको छ ।

दिक्तेल बजारका शौचालयको ट्याङ्कीमा रहेका दिसापिसाबलाई सक्सन मेसिनले तानेर बायोग्यास प्लान्टमा लैजाने नगरपालिकाको तयारी छ । आवश्यक गोबर र स्याउलाका लागि कम्पोष्ट मल उद्योग र बायोग्यास प्लान्ट रहेको स्थानभन्दा केहीमाथि सुधारिएको गोठमा भैँसीपालन गरिएको छ ।