२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जातीय भेदभाव अन्त्य गर्न नेपाल प्रतिबद्ध छ : कानुनमन्त्री गुरुङ



अ+ अ-

काठमाडौँ:  नेपालले जातीयलगायत सबै किसिमका भेदभाव अन्त्य तथा सामाजिक न्याय सुनिश्चित गर्ने प्रतिबद्धता पुनः दोहो¥याएको छ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ब्राजिलको साओ पाउलोमा बिहीबार आयोजित जातीय भेदभावविरुद्धको अन्तरराष्ट्रिय बैठकमा जातीय र लैङ्गिकलगायत सबै प्रकारका भेदभावको अन्त्य गरी समानता र न्याय सुनिश्चित गर्न नेपाल सरकार  प्रतिबद्ध रहेको बताउनुभयो ।

जातीय भेदभाव अन्त्यका निम्ति २०७२ सालमा जारी संविधानमा  नीतिगत, कानुनी र संस्थागत व्यवस्था गरिएको जानकारी दिँदै मानवअधिकार र मौलिक स्वतन्त्रताको संरक्षण एवं प्रवद्र्ध्न गर्ने संवैधानिक व्यवस्था गरिएको बताउनुभयो ।

नेपालले समानता र न्यायका लक्ष्य हासिल गर्न बाह्य सहायताको आवश्यकता परेका देशहरूको क्षमता अभिवृद्धिमा सहयोग गर्न अन्तरराष्ट्रिय समुदायलाई आग्रह गर्नुभएको ब्रासिलियास्थित नेपाली राजदूतावासले जनाएको छ ।

नेपाल पक्ष भएको अन्तरराष्ट्रिय मानवअधिकार संयन्त्रप्रतिको प्रतिबद्धता दोहो¥याउँदै राष्ट्रिय दण्डसंहिता र जातीय भेदभाव तथा छुवाछूत ऐनले जातीय भेदभाव र अन्य भेदभावलाई आपराधिक गतिविधिमा समावेश गरिएको जानकारी मन्त्री गुरुङले दिनुभयो । उहाँले भेदभावविरुद्ध उनले नेपालको ‘शून्य सहनशीलता’ नीतिले सकारात्मक परिणाम देखाएकोे बताउनुभयो ।

बैठकमा मन्त्री गुरुङले ब्राजिलका लागि नेपाली राजदूत निर्मलराज काफ्लेसहित तीन सदस्यीय  प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएको थियो । रासस