४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ

सुदूरपश्चिममा १६ लाखले लगाए कोरोनाविरुद्धको खोप

सुदूरपश्चिममा १६ लाखले लगाए कोरोनाविरुद्धको खोप
अ+ अ-

बैतडी । सुदूरपश्चिम प्रदेशमा हालसम्म १६ लाखभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका नौवटै जिल्लामा हालसम्म १६ लाख ६ हजार ६७३ जनाले कोरोनाविरुद्धको पहिलो मात्रा लगाएका छन् । खोपको पूर्ण मात्रा भने ११ लाख चार हजार ९४६ जनाले लगाएका छन् ।

प्रदेशमा सबैभन्दा बढी कैलालीमा चार लाख ७२ हजार ९७४ जनाले खोपको पहिलो मात्रा लगाएका छन् भने तीन लाख ५५ हजार ७२० जनाले पूर्ण मात्रा लगाएका छन् । यस्तै सबैभन्दा कम डडेल्धुरामा ६५ हजार ६०७ जनाले पहिलो तथा ५९ हजार ५५७ जनाले खोपको पूर्ण मात्रा लगाएको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।  

यस्तै कञ्चनपुरमा तीन लाख ४२ हजार ६५१ जनाले पहिलो र दुई लाख ४४ हजार २५१ जनाले पूर्ण मात्रा, बैतडीमा एक लाख ५२ हजार ६२९ जनाले पहिलो र ९४ हजार १८३ जनाले पूर्ण, अछाममा एक लाख ३७ हजार ४५२ जनाले पहिलो र ९१ हजार २१ जनाले पूर्ण, बाजुरामा एक लाख २४ हजार ९२५ जनाले पहिलो र ७४ हजार ३४५ जनाले पूर्ण, डोटीमा एक लाख २० हजार ५७२ जनाले पहिलो र ६५ हजार ५७५ जनाले पूर्ण, बझाङमा ९९ हजार ८४४ जनाले पहिलो र  ५६ हजार ३८ जनाले पूर्ण तथा दार्चुलामा ९० हजार १९ जनाले पहिलो र ६२ हजार २५६ जनाले खोपको पूर्ण मात्रा लगाएका छन् ।  

सुदूरपश्चिममा कोभिसिल्ड, एस्ट्राजेनिका, मोडर्ना, जोनसन, भेरोसेल र  फाइजर खोप लगाइएको छ । बाह्र वर्षभन्दा माथिका व्यक्तिलाई खोप दिइएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्र्पक व्यक्ति हेमराज जोशीका अनुसार प्रदेशका सबै जिल्लामा हाल खोप अभियान जारी छ ।  यसअघि छुटेका सबैलाई खोप लगाउन अनुरोध गरिएको जोशीले बताउनुभयो । सुदूरपश्चिममा हालसम्म चार लाख ८२ हजार ४१७ जनाको कोरोना परीक्षण गरिएकामा ५८ हजार  ४५८ जनामा सङ्क्रमण पुष्टि भएको छ । कोरोनाबाट प्रदेशमा ६२५ जनाको ज्यान गइसकेको छ ।