२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागढुंगास्थित चेकप्वाइन्टबाट लागुऔषधसहित २ जना पक्राउ



अ+ अ-

काठमाडौँ  । काठमाडौँ जिल्ला चन्द्रागिरी नगरपालिका–२ नागढुंगास्थित चेकप्वाइन्टबाट प्रहरीले लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । 

विरगञ्जबाट काठमाडौँ आउँदै गरेको ना ७ ख ५३४६ नम्बरको यात्रुबाहक बस चेकजाँच गर्ने क्रममा झोलाभित्र लुकाईछिपाई ल्याउँदै गरेको लागूऔषध भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरिक्षक रमेश कुमार बस्नेतले जानकारी दिए । 

पक्राउ पर्नेमा बारा कलैया उपमहानगरपालिका–२७ का १९ वर्षीय आजाद अन्सारी र पर्सा पकाहामैनपुर गाउँपालिका–५ का १९ वर्षीय अमित कुमार चौरासिया रहेका छन् । प्रहरीले उनीहरुको साथबाट डाईजेपाम लेखिएको ६०० एम्पल, फेनारगन ६०० एम्पल, नुफिन लेखिएको ५०० एम्पल गरी १७०० एम्पुल बरामद गरेको छ ।