१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैतडीमा नेकपा एसका जिल्ला अध्यक्षसहित नेता-कार्यकर्ता एमाले फर्किए



अ+ अ-

बैतडी। नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य, जिल्ला अध्यक्षलगायतका बैतडी नेकपा एस एमालेमा समाहित भएका छन् ।

एमालेले सुरू गरेको झुलाघाट–चिवाभञ्ज्याङ पदयात्राको उद्घाटनपछि बैतडी सदरमुकाम गोठलापानीमा आयोजना आमसभामा नेकपा एसका केन्द्रीय सदस्य एवं बैतडी इन्चार्ज नरेन्द्र विष्ट, जिल्ला अध्यक्ष महादेव भट्ट, नेत्री पार्वती भट्ट र चमनकुमार भण्डारीसहितका नेता एमालेमा समाहित हुनु भएको छ ।

यस्तै २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट पाटन नगरपालिकाको उपमेयरमानिर्वाचित नेपाली काग्रेंस महाधिवेशन प्रतिनिधि सरस्वती कोली र नेपाल दलित संघको अध्यक्ष रहिसकेका रमेश कोली पनि एमालेमा प्रवेश गर्नुभएको छ ।

पार्टीमा भित्रिएका नेता–कार्यकर्तालाई एमाले अध्यक्ष केपी ओलीले टीका लगाएर स्वागत गर्नुभयो ।