४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या पाँच लाख नाघ्यो



अ+ अ-

नयाँ दिल्ली । भारतमा कोभिड–१९ बाट मर्नेहरुको आधिकारिक सङ्ख्या शुक्रबार पाँच लाख पुगेको छ । यद्यपि विज्ञहरूले मर्नेहरुको वास्तविक सङ्ख्या अझ धेरै हुनसक्ने बताएका छन् ।

भारतको सङ्घीय स्वास्थ्य मन्त्रालयबाट दैनिक अपडेटले मृत्यु हुनेको सङ्ख्या पाँच लाख ५५ पुगेको देखाएको छ । पछिल्लो २४ घण्टामा एक हजार ७२ को मृत्यु भएको छ । 

तथ्याङ्कअनुसार कोभिड–१९ बाट कुल सङ्क्रमण चार करोड १९ लाख पुगको छ । यो आँकडा संयुक्त राज्य अमेरिकापछि दोस्रो हो।

अत्यधिक सङ्क्रामक ओमिक्रोन स्ट्रेनका कारण हालका हप्तामा केस सङ्ख्या बढेको छ तर हालका दिनमा दरहरू सुस्त भएका छन् । 

विज्ञहरूका अनुसार ओमिक्रोन लहरले धेरै मृत्यु वा अस्पतालमा भर्ना बढाउँदैन तर धेरै राज्यले आन्दोलनमा प्रतिबन्ध लगाएका छन् र यसलाई सहज बनाउन थालेका छन्।

राजधानी दिल्ली क्षेत्रका अधिकारीहरूले उच्च विद्यालय, कलेज, रेस्टुरेन्ट र जिमहरू अर्को हप्तादेखि खोल्न अनुमति दिइने शुक्रबार बताएका छन्।

डेल्टा भेरियन्टका कारण भारतले कोभिडको विनाशकारी चपेटामा परेको थियो । यसले मुलुकको स्वास्थ्य सेवा प्रणालीलाई करिब करिब धरासायी बनाएको थियो।

धेरै विश्लेषकले वास्तवमा गत वर्ष नै भारतमा पाँच लाख मानिसको कोभिडबाट मृत्यु भएको विश्वास गरेका छन् । एएफपी