• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ सुरु



काठमाडौं । नेकपा एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ आज बाट सुरु भएको छ ।

सङ्कल्प यात्राको अध्यक्ष ओलीले झुलाघाटमा नेपाली झण्डा झण्डोत्तोलन गरेर शुभारम्भ गर्नुभएको छ ।कार्यक्रम शुभारम्भ गर्दै अध्यक्ष ओलीले नयाँ संकल्पसहित यात्राको थालनी गरेको बताउनु भयो ।

उहाँले झुलाघाटबाट झन्डोत्तोलन सुरु गरेको भन्दै चिवाभञ्ज्याङमा पनि झन्डोत्तोलन गरी समापन गर्ने बताउनुभयो ।राष्ट्रिय शक्ति निर्माण गर्ने जागरण अभियान भएको पनि बताउनुभयो ।

सङ्कल्प यात्राको समुद्घाटनपछि त्रिपुरासुन्दरी मन्दिरको दर्शन, सहिद दशरथचन्द, बलदेव रिचपलेको शालिकमा माल्यार्पणको कार्यक्रम छ । त्यसपछि बिहान ११ बजे गोठलापानीमा आमसभाको आयोजना गरिएको छ । त्यसपछि साँझ खोडपेमा बझाङका नेता कार्यकर्तासँगको भेटघाट रहेको जनाइएको छ ।

यो यात्रा मध्यपहाडी लोकमार्ग केन्द्रित हो । सङ्कल्प यात्राका क्रममा स्थानीयसँग भेटघाट, सीमा समस्याका विषयमा छलफल र राष्ट्रिय एकताको सवल आधार निर्माण गर्ने उद्देश्यले अभियानको आयोजना गरिएको एमालेले जनाएको छ ।

 

गत कात्तिक २२ गते बसेको पार्टीको सचिवालय बैठकले लोकमार्ग केन्द्रित विशेष अभियान गर्ने निर्णय गरेको थियो ।

एमालेले मध्यपहाडी राजमार्ग अन्तरगतका २६ वटा जिल्लाको करीब १ हजार ८ सय ७९ किलोमिटरको यात्रा २१ दिनसम्म गर्दैछ ।