१९ श्रावण २०८३, मंगलवार
,
Latest
अर्थमन्त्री स्वर्णिम वाग्लेले आज २० वाणिज्य बैंकका सिइयोसँग छलफल गर्दै जलवायु नीति संशोधनमा युवाको प्रत्यक्ष सहभागिता र छुट्टै वित्तीय कोषको माग मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरो हटाइयो, दुईतर्फी यातायात सञ्चालन सुदूरपश्चिममा बिहीबारसम्म मौसम बदली र मध्यम वर्षाको सम्भावना सिजन मिडियाद्वारा ‘एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२६’ आयोजना हुने मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरो, एकतर्फी आवागमन अवरुद्ध राजनीतिक बिटका पत्रकारसँग शिक्षा तथा खेलकुदमन्त्री पोखरेलले अन्तरक्रिया गर्दै सरकारको प्राथमिकता अन्यत्रै, राज्य आतंकको अवस्था सिर्जना भयो : विष्णु रिजाल युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न जिल्ला प्रशासन कार्यालय कास्कीकाे आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

अझै सुल्झेन सैलुङ्ग सीमा विवाद



अ+ अ-

मन्थली । रामेछाप र दोलखा जिल्लाको सिमानामा पर्ने धार्मिक तथा पर्यटकी क्षेत्र सैलुङ्गको सीमा विवाद अझै कायमै रहेको छ । सीमा विवाद मिलाउन दुवै जिल्लाका सरोकारवालाबीच पटक–पटक छलफल भए पनि विवादको अझै टुङ्गो लाग्न सकेको छैन ।

सैलुङ्गको सिमाना यकिन गर्न विसं २०७७ फागुनमा रामेछाप र दोलखा जिल्ला समन्वय समितिले संयुक्त रुपमा नापी विभागलाई पत्राचार गरेका थिए । दोलखाले सैलुङ्गको टुप्पोलाई सिमाना कायम गर्नुपर्ने बताउँदै आएको छ भने रामेछापले २०३२ सालको नापीअनुसार नै सीमा कायम गर्नुपर्ने अडान राखेको छ ।

सैलुङ्गको टुप्पोलाई सिमाना कामय गर्दा सैलुङ्गको अधिकांश भाग दोलखामा पर्ने र नापीअनुसार कायम गर्दा सो भाग रामेछापमा बढी पर्ने भएकाले दुवै जिल्लाले आ–आफ्नो अडान राखेका छन् ।

हवाई दृश्यका आधारमा तयार भएको टोपोग्राफिक नक्सालाई आधार मान्दा सैलुङ्गको सय थुप्का भएको क्षेत्रमध्ये आधा भू–भाग रामेछाप जिल्लामा पर्दछ । विसं २०३२ को नापी नक्साकै आधारमा सीमा कायम गरिनुपर्ने रामेछापले दाबी गर्दै आएको छ ।

दोलखाले सैलुङ्गको सीमा विवादलाई उचालेको तर यो आवश्यक नभएको रामेछापको दोरम्बा सैलुङ्ग गाउँपालिकाका अध्यक्ष मैनकुमार मोक्तानले बताउनुभयो । दोलखाले रामेछापमाथि हेपाहा प्रवृत्ति देखाएकाले सीमा विवादले चर्को रुप लिएको उहाँको भनाइ थियो ।

रामेछापतर्फ पर्ने दोरम्बा सैलुङ्ग गाउँपालिकाले सैलुङ्गका अधिकांश भूमि नापी नक्सामा आफ्नो रहेको दाबी गर्दै आएको छ भने दोलखाले पानीढलो सीमा कायम गर्नुपर्ने दाबी रहेको जिल्ला समन्वय समिति दोलखाका निवर्तमान प्रमुख डबल पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो, “यो क्षेत्र हाम्रो (दोलखा) जिल्लामा पर्ने भएर नै गाउँपालिकाको नाम सैलुङ्ग गाउँपालिका राखिएको छ ।”

सैलुङ कुन जिल्लाको हो भन्ने विवाद निरुपण गर्न नसक्दा यस क्षेत्रको पूर्वाधार निर्माणसमेत ओझेलमा परेको छ । यसअघि प्रदेशमार्फत निर्माण गरिएको भ्यू टावर पनि संरक्षणको अभावमा जीर्ण बनिसकेको छ । रासस