• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   बागमती र सुदूरपश्चिम प्रदेशमा आज भारी वर्षाको सम्भावना ★   सम्पदा संरक्षण, महिला सशक्तीकरणको क्षेत्रमा स्व.अम्बिका श्रेष्ठको योगदान अतुलनिय: पूर्वराष्ट्रपति भण्डारी ★   १८ वर्षदेखि विचाराधीन संक्रमणकालीन न्यायमा कसरी जुट्यो सहमति ? ★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री

अझै सुल्झेन सैलुङ्ग सीमा विवाद



मन्थली । रामेछाप र दोलखा जिल्लाको सिमानामा पर्ने धार्मिक तथा पर्यटकी क्षेत्र सैलुङ्गको सीमा विवाद अझै कायमै रहेको छ । सीमा विवाद मिलाउन दुवै जिल्लाका सरोकारवालाबीच पटक–पटक छलफल भए पनि विवादको अझै टुङ्गो लाग्न सकेको छैन ।

सैलुङ्गको सिमाना यकिन गर्न विसं २०७७ फागुनमा रामेछाप र दोलखा जिल्ला समन्वय समितिले संयुक्त रुपमा नापी विभागलाई पत्राचार गरेका थिए । दोलखाले सैलुङ्गको टुप्पोलाई सिमाना कायम गर्नुपर्ने बताउँदै आएको छ भने रामेछापले २०३२ सालको नापीअनुसार नै सीमा कायम गर्नुपर्ने अडान राखेको छ ।

सैलुङ्गको टुप्पोलाई सिमाना कामय गर्दा सैलुङ्गको अधिकांश भाग दोलखामा पर्ने र नापीअनुसार कायम गर्दा सो भाग रामेछापमा बढी पर्ने भएकाले दुवै जिल्लाले आ–आफ्नो अडान राखेका छन् ।

हवाई दृश्यका आधारमा तयार भएको टोपोग्राफिक नक्सालाई आधार मान्दा सैलुङ्गको सय थुप्का भएको क्षेत्रमध्ये आधा भू–भाग रामेछाप जिल्लामा पर्दछ । विसं २०३२ को नापी नक्साकै आधारमा सीमा कायम गरिनुपर्ने रामेछापले दाबी गर्दै आएको छ ।

दोलखाले सैलुङ्गको सीमा विवादलाई उचालेको तर यो आवश्यक नभएको रामेछापको दोरम्बा सैलुङ्ग गाउँपालिकाका अध्यक्ष मैनकुमार मोक्तानले बताउनुभयो । दोलखाले रामेछापमाथि हेपाहा प्रवृत्ति देखाएकाले सीमा विवादले चर्को रुप लिएको उहाँको भनाइ थियो ।

रामेछापतर्फ पर्ने दोरम्बा सैलुङ्ग गाउँपालिकाले सैलुङ्गका अधिकांश भूमि नापी नक्सामा आफ्नो रहेको दाबी गर्दै आएको छ भने दोलखाले पानीढलो सीमा कायम गर्नुपर्ने दाबी रहेको जिल्ला समन्वय समिति दोलखाका निवर्तमान प्रमुख डबल पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो, “यो क्षेत्र हाम्रो (दोलखा) जिल्लामा पर्ने भएर नै गाउँपालिकाको नाम सैलुङ्ग गाउँपालिका राखिएको छ ।”

सैलुङ कुन जिल्लाको हो भन्ने विवाद निरुपण गर्न नसक्दा यस क्षेत्रको पूर्वाधार निर्माणसमेत ओझेलमा परेको छ । यसअघि प्रदेशमार्फत निर्माण गरिएको भ्यू टावर पनि संरक्षणको अभावमा जीर्ण बनिसकेको छ । रासस