१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

ओमिक्रोन भेरियन्टको संक्रमण दर घट्दै

ओमिक्रोन भेरियन्टको संक्रमण दर घट्दै
अ अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाईरसको तेस्रो भेरियन्ट ओमिक्रोनको संक्रमण दर घट्दै गएको बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगिता कौशल मिश्रले नेपालमा कोरोना भाईरसको तेस्रो भेरियन्ट ओमिक्रोनको संक्रमण दर घट्दो अवस्था रहेको जानकारी दिनु भएको हो । 

शुक्रबार न्यूज एजेन्सी नेपालसँग संक्षिप्त कुरा गर्दै उहाँले पहिले एक जना मान्छेमा भएको भाईरस ३ जनामा सर्ने गरेकोमा अहिले त्यो दर विस्तारै घटिरहेको स्पष्ट पार्नु भयो । प्रवक्ता मिश्रले छिमेकी मुलुक भारतको आन्ध्र प्रदेशबाहेक अन्य राज्यहरुमा पनि ओमिक्रोनको संक्रमण दर घटीरहेको र त्यसको प्रभाव नेपाल परेको तथ्य पनि स्मरण गराउनु भयो । उहाँले स्वास्थ्य सतर्कता अपनाएकै कारण यसको संक्रमण दर घटेकाले यसको पालना गर्न पनि सबै नागरिकलाई पुनः सचेत गराउनु भयो । प्रवक्ता मिश्रले भन्नु भयो, ‘पहिल्लो डेटाको अनुसार नेपालमा अहिले इन्फेक्सनको दर घटेको देखिन्छ ।  भाईरसले संक्रमण गर्ने दर जुन पहिले थियो, जस्तो एउटा भाईरसले कुनै एउटा प्रदेशमा एउटा संक्रमित मान्छेले ३ जनालाई संक्रमित गथ्र्यों भने त्यो दरचाँही अव विस्तारै घटिराखेको छ । र, यो अवस्था सबै प्रदेशमा छ । संक्रमण दर डिक्रिजिङ अवस्थामा छ । अनि मैले के जोड्न चाहे भने हाम्रो संक्रमण दर इन्डिया र चाईनासँग सधैं जोडेर हेरेका छौं हामीले । अनि इन्डियामा पनि आन्ध्र प्रदेशबाहेक सबै राज्यको संक्रमण दर विस्तारै घटिराखेको छ । सोही अनुसार हाम्रो पनि संक्रमण दर घटिराखेको छ । तथापि सतर्कता अनिवार्य छ । बढि सतर्कता अपनाएर पनि यसको दर घटेको हुन सक्छ । स्वास्थ्य मापदण्ड अपराउने, भिडभाँडमा नजाने र खोप लगाउने काम गर्नु प¥यो । हाम्रो प्रक्षेपण चाँही के छ भने यसको दर घट्दो अवस्थामा छ ।’

यस्तै नेपाली नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउन अभाव नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएकोछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता मिश्रले नागरिकलाई कोरोना विरुद्धको खोप लगाउन कुनै कमी नहुने गरी आवश्यक व्यवस्था गरिएको बताउनु भयो । उहाँका अनुसार खोपको अभाव हुन नदिन प्रदेश स्तरमै भण्डार केन्द्रहरुको व्यवस्था भएको र हुँदै गएको बताउनु भयो । त्यसैगरी सो खोप लगाउने काममा पनि कोही नागरिक नछुटून भनेर सरकारले नागरिकतालगायतका डकुमेन्टहरु नहुँदा पनि खोप लगाउन पाउने व्यवस्था गरेको प्रवक्ता मिश्रले स्पष्ट पार्नु भयो ।

उहाँले भन्नु भयो, ‘पहिलो कुरा भयो खोपको उपलब्धता ।  हालको अवस्था हेर्नु भयो भने हामीसँग खोपको कुनै कमी छैन । विभिन्न प्रकारका खोप पाईपलाईन पनि छ । र यदि कुनै खोप छैन भने त्यसको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा स्वास्थ्य मन्त्रालय एकदमै सिरियसली लागि राखेको छ । दोस्रो कुरा, स्वास्थ्य मन्त्रालयले संघीय मन्त्रालय भएको हुनाले श्वास्थ्य मन्त्रालयले खोपको व्यवस्थापन गर्ने हो र खोप जिल्लाजिल्लामा उपलब्ध गराई दिनुपर्ने हुन्छ ।  त्यो हिसावले समयमै खोप उपलब्ध गराउनका लागि कतिपय ठाउँमा त भण्डारण केन्द्रको स्थापना पनि भईसकेको छ । मन्त्रालयले त्यो दिशामा पनि काम गरेको छ । स्थानीय निकायसँगको समन्वय एकदमै बढाएको छ । कुनै पनि व्यक्ति खोप लगाउनबाट नछुटून भनेर खोप लगाउनका लागि नागरिकतालगायतको डकुमेन्ट अनिवार्य पनि गराइएको छैन । तर त्यसका लागि स्थानीय वडाध्यक्षले भने भनिदिनुपर्ने हुन्छ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउने र स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्न पनि सबै नागरिकलाई पटकपटक अपिल गर्दै आएको छ ।