४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

आशाले आफूहरूलाई जीवित राखेको सुरुङमा फसेको १७ दिनपछि भारतीय कामदारको भनाइ

आशाले आफूहरूलाई जीवित राखेको सुरुङमा फसेको १७ दिनपछि भारतीय कामदारको भनाइ
अ+ अ-

सिल्कयारा सुरुङ । आफूहरूले निर्माण गरिरहेको सुरुङ भत्किएर सुरुङभित्रै १७ दिनसम्म फसेपछि जीवितै उद्धार गरिएका भारतीय कामदारहरूले कठिन परीक्षाको त्रास, आशा र प्रार्थनाले उनीहरूलाई बलियो बनाएको बताएका छन् ।

“हामी साँच्चै डराएका थियौँ, प्रत्येक समय मृत्यु अगाडि उभिरहेको महसुस हुन्थ्यो”, सुरुङबाट जीवित उद्धार गरिएका कर्मचारी दीपक कुमारले बुधबार भन्नुभयो, “बाँच्छौ वा बाँच्दैनौँ भन्ने हामीलाई थाहा थिएन ।”

म्याराथुन इन्जिनियरिङ अभियानबाट मङ्गलबार राति विशेषरूपले पाङ्ग्राले सुसज्जित स्ट्रेचरमा ५७ मिटर (एक सय ८७ फिट) लामो स्टिल पाइपको माध्यपबाट तानिएपछि यी कामदारलाई नायकका रूपमा स्वागत गरिएको थियो । सुन्तला रङको सयपत्रीको माला लगाएर उनीहरूलाई जयजयकार गर्दै स्वागत गरिएको थियो ।

“हाम्रा लागि संसार फेरि सुन्दर छ”, जीवित कर्मचारी सबा अहमदले भन्नुभयो । उहाँले सुरुङमा फसेका बेला आफ्नी श्रीमतीको ‘चिन्तित र निराश’ आवाज सुन्दाको दु:ख वर्णन गर्नुभयो । भारतको सबैभन्दा गरिब राज्य मध्येको एक बिहारका अहमदले भन्नुभयो, “मलाई थाहा छ भित्रका मानिसका लागि एउटा कठिन क्षण थियो र बाहिर परिवारहरूका लागि पनि अझ कठिन थियो तर अन्तत: हामी बाहिर आएका छाँै र यो नै महत्त्वपूर्ण कुरा हो ।”

“म कति खुशी छु भनेर बताउनका लागि कुनै शब्द नै छैन”, बिहारबाट उहाँकी श्रीमती मुसर्रत जहाँले टेलिफोनबाट भन्नुभयो, “मेरा श्रीमान्ले मात्र होइन हामीले पनि नयाँ जीवन पायौँ, हामी यसलाई कहिल्यै बिर्सने छैनौँ ।”

आफूहरूसँग पुग्ने पछिल्ला अपेक्षाहरू बारम्बार भग्नावशेष खस्दा र थुप्रै ड्रिलिङ मेसिन बिग्रिँदा आफ्नो आत्मालाई जोगाउन कति कठिन भएको थियो भनेर उनीहरूले बताएका छन् । “यो सजिलो थिएन”, कुमारले भन्नुभयो, “तीन वा चार दिनपछि र उद्धार टोली हामीसँग पुग्न असफल भएपछि हाम्रो आत्मविश्वास घटेको थियो ।”

सुरुङभित्र फसेका अधिकांश मानिस आप्रवासी कामदार हुन् । उनीहरू रोजगारीको खोजीमा आफ्नो घर छाडेर उत्तरी राज्य उत्तराखण्डको सिल्कयारा सुरुङमा काम गरिरहेका थिए । उक्त सुरुङ निर्माणस्थल उनीहरूको घरदेखि सयौँ किलोमिटर टाढा अत्यन्त चिसो हिमालयको फेदमा छ ।

पछि घटनास्थलबाट टाढाका परिवारहरूसँग सम्पर्क गर्न उद्धार टोलीले एउटा टेलिफोन एक्सचेन्ज स्थापना गरेको थियो । “मैले परिवारसँग भनेँ– म ठीक र स्वस्थ छु, चिन्ता नलिनू, सबै ठिक हुनेछ, हामी चाँडै बाहिर आउने छौँ”, कुमारले भन्नुभयो, “मैले उनलाई यी शब्दहरू भनिरहँदा मलाई कहिलेकाहीँ मैले अब कहिल्यै आफ्ना बुबाआमालाई देख्न पाउने छैन भन्ने महसुस हुन्थ्यो ।”

उद्धार गरिएका कामदार सुशील कुमारकी श्रीमती गुडिया देवीले भन्नुभयो, “परिवार डरलाग्दो समयबाट गुज्रिएको थियो र कहिलेकाहीँ हामीले आशा गुमाएका थियौँ ।”

झारखण्ड राज्यका ३२ वर्षीय चमरा उराउँले नोभेम्बर १२ मा पहाडी सुरुङ मार्गभित्रको गहिराइमा गडगडाहटको आवाज सुन्दा, भग्नावशेष खस्दा र ढुङ्गा झरेर बाहिर निस्कने एकमात्र मार्ग बन्द हुँदा आफूलाई कति डर लागेको थियो भनी वर्णन गर्नुभएको छ ।

“म आफ्नो ज्यान बचाउन भागेँ तर गलततिर फसेँ, हामी लामो समयसम्म त्यहाँ रहने छौँ भन्ने स्पष्ट भयो, हामी बेचैन भयौँ र भोकायौँ तर हामीले सहयोगका लागि चुपचाप प्रार्थना गर्यौँ”, उहाँले इन्डियन एक्सप्रेस अखबारलाई भन्नुभयो ।

सुरुङमा पहिलो २४ घन्टा कसरी सबैभन्दा खराब थियो भन्नेबारे सुबोधकुमार बर्माले बताउनुभयो । त्यहाँ पहिला हावा सकिएन भने भोकले मर्ने उहाँलाई डर लागेको थियो । “हामीले त्यहाँ २४ घन्टा खाना र हावासँग सम्बन्धित समस्याहरूको सामना गर्नुपर्यो”, उहाँले भन्नुभयो ।

अक्सिजन लैजानका लागि उद्धार टोली एउटा सानो पाइप जोड्न सफल भएपछि मनोबल बढेको उहाँले बताउनुभयो । सुरुमा मुरै र बीजहरूको सानो प्याकेट पठाइएको थियो । केही दिनपछि दाल र भातको उचित खाना पठाउन ट्युबलाई चौडा बनाइयो र प्लास्टिकको बोतलमा प्याक गरेर तल पठाइयो ।

“पाइपमार्फत खाद्य सामग्री पठाइएपछि अवस्था सहज भयो”, बर्माले भन्नुभयो । “जब हामीले पहिलो गाँस मुखमा हाल्यौँ, कुनै भगवान् हामीसँग आउनुभएको छ जस्तो लाग्यो”, उराउँले एक्सप्रेसलाई भन्नुभयो ।

यद्यपि उद्धारको प्रतीक्षामा व्यस्त रहन कठिन थियो । कामदारहरू आफ्नो मोबाइल फोनमा गेम खेलिरहन्थे । मोबाइल फोन चार्ज गर्न त्यहाँ बिजुली उपलब्ध थियो । “हामीले मोबाइलमा आफैँलाई लुडोमा व्यस्त राख्यौँ, हामीले आपसमा कुराकानी गर्यौँ र एकापसका बारेमा बुझ्यौँ”, उराउँले भन्नुभयो ।

सुरुङमा फसे पनि कामदारहरूलाई पर्याप्त स्थान थियो । भित्रको क्षेत्र आठ दशमलव पाँच मिटर उचाइ थियो र लम्बाइ करिब दुई किलोमिटरसम्म फैलिएको थियो ।

इन्जिनियरहरूलाई सल्लाह दिइरहने इन्टरनेसनल टनलिङ एन्ड अन्डरग्राउन्ड स्पेस एसोसिएसनका अध्यक्ष आर्नोल्ड डिक्सले भन्नुभयो, “उद्धारको प्रतीक्षामा कामदारहरू क्रिकेट खेल्न व्यस्त थिए भन्ने मैले सुनेको छु ।”

अन्तत: त्यो समय मङ्गलबार आयो । भग्नावशेषमा गाडिएको धातुको स्तम्भको बोरिङ ड्रिल भाँच्चिएपछि उद्धार टोलीले सानो ट्युबभित्र प्रविधिको प्रयोगमार्फत हातैले अन्तिम खण्ड खने ।

भारतीय मिडियाले खन्ने व्यक्तिलाई ‘रक स्टार’ भनेका छन् । टाइम्स अफ इन्डियाले उनीहरूलाई ‘नाइट्स इन माइनिङ आर्मर’ र ‘सुरतको एक्का’ भनेको छ । रासस