२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

संसदीय सुनुवाई समितिद्वारा न्यायाधीश चुडाल र सुवेदी विरुद्धको उजुरीमा छलफल

संसदीय सुनुवाई समितिद्वारा न्यायाधीश चुडाल र सुवेदी विरुद्धको उजुरीमा छलफल
अ अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित कुमार चुडाल र नहकुल सुवेदीविरुद्ध परेका उजुरीबारे संसदीय सुनुवाई समितिले उजुरीकर्ताहरुलाई बोलाई छलफल गरेको छ । 

समितिमा प्रस्तावित न्यायाधीश कुमार चुडाल विरुद्ध दुई वटा र नहकुल सुवेदी विरुद्ध पाँच वटा उजुरी परेका छन् । समितिको आइतबारको बैठकमा उपस्थित भएका उजुरीकर्ताले नहकुल सुवेदीमाथि योग्यता नपुगेको भन्दै सार्वोच्च अदालतको न्यायाधीश पदका लागि स्वीकृति नगर्न समिति समक्ष माग गरेका छन् । 

सुवेदी माथि पुनरावेदनको म्याद लगायत अन्तरिम आदेश जारी नगरेको सम्बन्धी र चेक बाउन्स गराएको सम्बन्धमा समेत उजुरी परेको छ । सुवेदी विरुद्धका पाँच जना उजुरीकर्ता मध्ये चार जना समितिको बैठकमा उपस्थित भएको र कुमार चुडालका कुनैपनि उजुरीकर्ता उपस्थित नभएको समिति सभापति लक्ष्मणलाल कर्णले बताउनुभयो । उहाँले अब २०७८ बैशाख ३ गतेको बैठकमा प्रस्तावित न्यायाधीशहरुलाई बोलाई छलफल गरी सुनुवाई गरिने बताउनुभयो ।

समितिको बैठकमा उपस्थित भएका उजुरीकर्ताहरुले सर्वोच्च अदालतको न्यायाधीशमा न्यायपरिषद्ले सिफारिस गरेका न्यायधीश नहकुल सुवेदीको योग्यता नै नपुग्ने देखिएपछि उजुरी गरेको बताएका छन् । सर्वोच्च अदालतको न्यायधीशमा सिफारिस हुन उच्च अदालतको मुख्य न्यायाधीश वा न्यायाधीश भएर पाँच वर्ष काम गरेको हुनुपर्छ भन्ने संविधानको धारा १२९ को ५ मा व्याख्या भएको र त्यो व्यवस्था अनुसार नहकुल सुवेदीको मुख्य न्यायधीशको रुपमा न्यायपरिषद्ले सिफारिस गरेको दिन सम्म तीन वर्ष दुई महिना तीन दिन मात्रै पुग्ने भएकोले योग्यता नपुग्ने देखिएकाले त्यस्तो सिफारिसलाई संसदीय समितिले अनुमोदन गर्न हुँदैन भनी उजुरी गरेका उजुरीकर्ताहरुले बताएका छन् ।

न्यूनतम योग्यता नपुगेको व्यक्तिलाई नियुक्ती दिँदा नराम्रो सन्देश गएको र यसबाट न्यायपालिकाले न्याय सम्पादन गर्न नसक्ने उजुरीकर्ताहरुले बताएका छन् । संविधानको व्याख्या गर्ने ठाउँमा पुग्ने व्यक्ति आफै असंवैधानिक ढंगले नियुक्ती हुन्छ भने न्याय र संविधानको रक्षा हुन नसक्ने पनि उजुरीकर्ताहरुले बताएका छन् ।