२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पछिल्लो २४ घण्टामा थप १७६ जनामा कोरोना संक्रमण



अ+ अ-

काठमाडौं । नेपालमा थप १७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ५६ पीसीआर परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । 

योसँगै हालसम्म मुलुकभर २ लाख ७७ हजार ९ सय ४४ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै २ लाख ७३ हजार २ सय ४० संक्रमित उपचारपछि निको भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११७ संक्रमित निको भएका छन् । 

आइतबार कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३२ जना पुगेको छ ।