१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

देउवा र प्रचण्डले २०७८ असोज १३ गते एमसीसी मुख्यालयलाई पठाएको पत्रमा के छ ?

देउवा र प्रचण्डले २०७८ असोज १३ गते एमसीसी मुख्यालयलाई पठाएको पत्रमा के छ ?
अ अ+ अ-

काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले चार वर्षदेखि संसदमा विचाराधीन अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौतालाई अनुमोदन गर्न अग्रसरता देखाएपछि राजनीतिक दल, नागरिक समाज र सञ्चार क्षेत्रमा फेरि तातो बहसको विषय बनेको छ । अझ यहि विषयले सत्तारुढ गठबन्धनको भविष्यलाई लिएर समेत शंसय पैदा भएको छ ।

कतिपयको बुझाईमा एमसीसी राष्ट्रघाती छ र सम्झौता भएसँगै ढिलोचाँडो अमेरिकी सेना नेपाल भित्रिन्छ भन्ने छ । खासगरी अमेरिकी अग्रसरताको इन्डो प्यासिफिक सैन्य रणनीतिकै एक भाग एमसीसी हो भनिएका कारण ठूलो नेपाली जनमत यस सम्झौतालाई लिएर विभाजित छ, र यसैकारण देश विदेशमा रहे बसेका ठूलो नेपाली समुदायले यस सम्झौताको विरोध गरिरहेको छ । केबल ५० करोड अमेरिकी डलर अनुदान सहायताका नाममा नेपालले “शंकास्पद” अमेरिकी सहयोग स्वीकार गर्नु हुँदैन भन्ने पनि एकथरीको  बुझाई छ ।

प्रधानमन्त्री देउवा भने एमसीसी एउटा विशुद्ध विकास परियोजना मात्र हो भन्दै निःशर्त रुपमा पारित गर्नुपर्ने पक्षमा दृढ देखिनु हुन्छ । सत्तामै रहेको जनता समाजवादी दल पनि एमसीसी प्रति सकारात्मक देखिएको छ तर सत्तामा आसिन दुई ठूला दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) भने यतिबेला दुई ओटा डुङ्गामा खुट्टा अड्काएर बसेका छन् । यी दुई दल यथास्थितिमा एमसीसी पारित गर्ने पक्षमा छैनन् तर प्रधानमन्त्री देउवालाई घुर्काएर गठबन्धनबाट बाहिरिन सक्ने राजनीतिक अवस्था पनि छैन । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तामा रहँदा होस् वा बाहिर रहँदा एमसीसी पारित गर्नुपर्ने पक्षमा धारणा सार्वजनिक गर्दै आउनु भएको थियो । संसदमा दर्ता भएर पनि सभामुख अग्नि सापकोटाले रोकेकै कारण एमसीसी संसदबाट पारित हुन नपाएको उहाँको आरोप छ, र अहिले पनि सभामुख हटाउन आफूहरु नेपाली काँग्रेसलाई सहयोग गर्न तयार रहेको बताउँदै आउनु भएको छ । तर ओलीको भनाई सत्ता गठबन्धन फुटाउन केन्द्रित रहेको प्रचण्ड र माधव कुमार नेपालको आरोप छ ।

एमसीसी अनुदान सहयोग बारे सुरुदेखि नै जोडिँदै आएको माओवादी केन्द्र र यसका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीका बारेमा अपनाउनु भएको ढुलमुले व्यवहारले प्रधानमन्त्री देउवा अप्ठ्यारोमा पर्नु भएको बालुवाटार स्रोतको बुझाई छ । खासगरी लगातार तीन तहको चुनाव सम्मुखमै आइसकेको अवस्थामा आफ्नो “भोट बैंक” गुम्ने भय प्रचण्ड र नेपालको छ ।

देउवा नेतृत्वमा सरकार बनेपछि २०७८ असोज १३ अर्थात् २९ सेप्टेम्बर २०२१ मा प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संयुक्त पत्र पठाउँदै एमसीसी सम्झौता यथाशक्य छिटो अनुमोदनमा पहलकदमी लिने बचनबद्धता व्यक्त गर्नु भएको थियो । जुन कुराको पुष्टि प्रधानमन्त्री  देउवाले गत कात्तिक १८ गते जलवायु परिवर्तन सम्बन्धी विश्व सम्मेलत (ग्लास्गो सम्मेलन) बाट फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँगको अन्तरक्रियामा खुलासा गर्नु भएको थियो । उहाँले भन्नुभएको थियो– एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्छौं भनेर मैले र प्रचण्डजीले संयुक्त पत्र पठाएर उहाँहरुलाई आश्वस्त पारेका छौं ।

तर यस विषयमा प्रचण्डले संयुक्त पत्र, र प्रतिबद्धता बारे प्रायः गोलमटोल जवाफ दिँदै आउनु भएको छ ।  न्यूजपोलारलाई प्राप्त जानकारीमा उहाँहरुले लेख्नु भएको छ– एमसीसी सम्झौता यथाशक्य छिटो अनुमोदनका लागि प्रतिनिधि सभामा टेबल गर्न सभामुखलाई हामी संयुक्त रुपमा अनुरोध गर्नेछौं । सम्झौतामाथि उठेका प्रश्नहरुबारे सत्तारुढ गठबन्धनका दलहरुमाझ छलफल गर्ने र सबै पार्टीका सदस्यहरुलाई राम्रोसँग त्यसबारे सुसूचित गर्ने, सत्तारुढ दलहरुले संयुक्त कार्यक्रममार्फत एमसीसी सम्झौता अनुमोदनका लागि सरकार सकारात्मक रहेको दृष्टिकोण प्रवाह गर्ने  लगायतका रहेका छन् ।

तर माओवादी केन्द्रले अध्यक्ष प्रचण्डको त्यस प्रतिबद्धता विपरीत पछिल्ला दिनमा भने यथास्थितिमा एमसीसी पारित गर्न नसक्ने बताउँदै आएको छ । २०७८ भदौ २५ गते शुक्रबार एमसीसीकी उपाध्यक्ष फतिमा सुमरसँगको भेटमा पनि प्रचण्डले सकारात्मक जवाफ दिनु भएको थियो । उहाँले एमसीसीमा राष्ट्रिय सहमति जुटाएर संसदबाट अनुमोदन गर्न पहल गर्ने जानकारी गराउनु भएको थियो । तर राजनीतिक दल, नागरिक समाज लगायतका क्षेत्र विभाजित भएको अवस्थामा प्रचण्डले अनुकूल-प्रतिकूल स्थिति हेरेर टिप्पणी गर्दै आउनु भएको छ ।  

पछिल्ला केही दिन यता यस विषयमा सभामुख अग्नि सापकोटाले पनि सक्रियता देखाउनु भएको छ । उहाँले एमसीसीका बारेमा दलहरुबीच सहमति खोजेर मात्र संसदमा आउन आग्रह गर्नु भएको छ । सभामुख सापकोटाले आफूले यथास्थितिमा एमसीसी टेबल  नगराउने सन्देश प्रवाह गरिरहनु भएको छ । यता प्रधानमन्त्री  देउवा भने २०७८ असोज १३ गते पठाएको संयुक्त पत्र प्रति प्रचण्डको दृष्टिकोण कायम छ वा परिवर्तन भयो भन्ने शंकाका साथ यो प्रस्तावलाई जसरी पनि पारित गराउने पक्षमा हुनहुन्छ ।