२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

सार्वजनिक लेखा समितिले एक महिना भित्र बक्यौता रकम असुल गर्न सरकारलाई निर्देशन

सार्वजनिक लेखा समितिले एक महिना भित्र बक्यौता रकम असुल गर्न सरकारलाई निर्देशन
अ अ+ अ-

काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता रकम एक महिना भित्र असुल गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आइतबार बसेको बैठकले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता रकम एक महिना भित्र असुल गर्न सरकारलाई निर्देशन दिएको हो । 

यस सम्बन्धमा छानविन गर्न बनेको उपसमितिको प्रतिवेदनलाई पास गर्दै सरकारलाई सो निर्देशन दिएको संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताउनुभयो । समितिले बक्यौता असुल गरेर समितिलाई जानकारी गराउन पनि भनेको छ । उहाँले भन्नुभयो ‘डेडिकेटेड ट्रंक लाइनको हकमा जुन बक्यौता रहेका रकमहरु, कानूनबाट निर्देशित भएर उठाउनुपर्ने ब्याज, हर्जना लगायतका रकमहरु जो छन् तिर्नुपर्ने वक्यौता त्यो चाहिँ एक महिना भित्र असुल उपर गरेर समितिलाई जानकारी दिनको लागि निर्देशन दिने निर्णय भएको छ । 

त्यसैगरी समितिले उपसमिति बनाएर प्रतिवेदन तयार गरेको थियो त्यो प्रतिवेदनमा आठवटा बुँदामा सुझाव गरेको थियो ति सुझावहरु पनि भविष्यमा यस्ता समस्याहरु नआउनका लागि नेपाल विद्युत प्राधिकरण र नेपाल सरकारलाई विद्युतको व्यवस्थापन गर्ने कुरामा सुझावहरु सहित निर्देशन दिनेगरी आजको समितिले अनुमोदन गरेको छ त्यो प्रतिवेदनलाई ।’ समितिले सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन पनि पारित गरेको प्रवक्ता पाण्डेले बताउनुभयो । बैठकमा सांसदहरुले बक्यौता रकम कुनै कसर बाँकी नराखी असुल गर्नुपर्नेमा जोड दिएका थिए ।