• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

भोलि संसद् बैठक बस्दै, यी हुन् सम्भावित कार्यक्रम



काठमाडौं । भोलि (सोमबार) प्रतिनिधि सभाको बैठक बस्दैछ । भोली दिउँसो १ः०० बजे  बस्ने बैठकका लागि संसद् सचिवालयले सम्भावित कार्यक्रम सार्वजनिक गरेको छ।

सम्भावित कार्यसूचीअनुसार भोलिको संसद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष ०७६र७७ को वार्षिक प्रतिवेदन पेस गर्नुहुनेछ ।

यसका साथै सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन, ०७७ पेस गर्नुहुनेछ।

यस्तै राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७७ पनि पेस गर्ने कार्यक्रम रहेको छ ।