• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

माओवादी केन्द्रद्वारा लुम्बिनी प्रदेशका दुई सांसदलाई कारबाही



लुम्बिनी । नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेशका दुई सांसदलाई कारबाही गरेको छ । माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका लुम्बिनी प्रदेशका सांसदद्वय दधिराम न्यौपाने र दिनेश पन्थीलाई पार्टीले कारबाही गरेको हो ।

सांसद न्यौपाने रुपन्देहीका हुन् भने पन्थी गुल्मीका हुन् । एमाले र माओवादी केन्द्र ब्युँतिएपछि उनीहरुले एमाले प्रवेश गरेका थिए । 

प्रतिनिधि सभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिएका र पछि एमालेको केन्द्रीय सदस्यमा मनोनित भएपछि दुवैजनालाई संसदीय दलका नेता कुलप्रसाद केसीले २४ घण्टे अल्टिमेटमसहितको स्पष्टीकरण सोधेका थिए । 

तर उनीहरुले स्पष्टीकरणको जवाफ नबुझाएपछि पार्टीले कारबाही गरेको हो । पार्टीले कारबाही गरेसँगै उनीहरुको सांसद पद खारेज भएको छ । लुम्बिनी प्रदेशमा कुल ८७ सांसदमध्ये सभामुखसहित माओवादी केन्द्रका २० सांसद रहेका छन् । दुईजना एमालेमा लागेपछि अब माओवादी केन्द्रसँग १७ सांसद कायम रहने भएका छन् ।