२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

मन्त्री ढकालद्वारा विमानस्थलको सरसफाइलाई ध्यान दिन निर्देशन

मन्त्री ढकालद्वारा विमानस्थलको सरसफाइलाई ध्यान दिन निर्देशन
अ अ+ अ-

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री भानुभक्त ढकालले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सरसफाइलाई विशेष रुपमा ध्यान दिन निर्देशन दिनुभएको छ । 

आइतबार त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको स्थलगत अनुगमन गर्दै मन्त्री ढकालले विमानस्थलको सरसफाईलाई विशेष ध्यान दिन निर्देशन दिनुभएको हो । विमानस्थलमा अनावश्यक सामाग्रीहरु पनि यत्रतत्र छरिएर रहेको भन्दै चुस्त दुरुस्त व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । सरसफाइका लागि विमानस्थलसँग पर्याप्त कर्मचारी रहेको भन्दै उहाँले कर्मचारीको कामको निगरानी राख्नपनि विमानस्थल व्यवस्थापनलाई निर्देशन दिनुभयो । 

मन्त्री ढकालले विशिष्ट व्यक्तिहरुको गाडी हवाइजहाजको ढोकैसम्म पुग्ने गरेको भन्दै निश्चित मापदण्ड बनाइ क–कसको गाडी विमानस्थलभित्र जान पाउने निक्र्योल गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

मन्त्री ढकालले हवाइजहाजका लागि प्रयोग हुने इन्धन नेपालमा महंगो भएको भन्दै इन्धनको मूल्य अन्र्तराष्ट्रिय रुपमा समान हुनुपर्ने बताउनुभयो । उहाँले विमानस्थल भित्रको धावनमार्गको सम्पूर्ण जग्गा विमानस्थलको नाममा नभएको उल्लेख गर्दै विमानस्थलको नाममा ल्याउने प्रक्रिया थाल्न विमानस्थल प्रशासनलाई निर्देशन दिनुभयो ।

विमानस्थल भित्र बस्ने ट्याक्सीले महंगो भाडा लिने गरेकाले ट्याक्सीहरुलाई सरकारले अतिरिक्त सेवा दिएर भएपनि मिटरमा हिडाउनुपर्नेमा पनि मन्त्री ढकालले जोड दिनुभयो । ट्याक्सीलाई सिस्टममा हिडाउनका लागि विमानस्थल भित्रको पार्किङ शुल्क मिनाहा गर्नसम्म सोच्नुपर्ने बताउनुभयो ।