• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo

गुलशन झालाई समेट्दै यू–१९ एसिया कपमा सहभागी हुने नेपाली टोलीको घोषणा



काठमाडौं । एसीसी यू–१९ एसिया कपमा सहभागी हुने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार देव खनालको कप्तानीमा १४ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेको हो ।

नेपाली टोलीः
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, हेमन्त धामी, गुलशन कुमार झा, दीपेशप्रसाद कँडेल, विशालविक्रम केसी, सुवास भण्डारी, दीपक बोहरा, उत्तम रांगु थापामगर, विपीन रावल, तिलकराज भण्डारी र आकाश चन्द

प्रतियोगिता यूएईमा डिसेम्बर ८ देखि हुनेछ । नेपालले पहिलो चरणमा भारत, पाकिस्तान र अफगानिस्तानसँग खेल्नेछ ।