काठमाडौ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य पुनः बढाएको छ। निगमले आइतबार एक सूचना जारी गर्दै मध्यरात १२ बजेदेखि लागू हुने गरी पेट्रोलिय पदार्थको मूल्य बढाएको हो ।
निगमका प्रबक्ता बिनितमणी उपाध्यायका अनुसार डिजेल, पट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर दुई – दुई रुपैयाँले बृद्धि गरेको छ । नयाँ मुल्य अनुसार पेट्रोल प्रतिलिटर १२० रुपैयाँ र डिजेल र मट्टितेलको प्रतिलिटर १०३ रूपैयाँ पर्ने भएको छ ।












