१९ माघ २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिका पठाईदिन्छु भन्दै पन्ध्र लाख ठगी गर्ने पक्राउ



अ+ अ-

काठमाडौँ । अमेरिका पठाईदिन्छु भन्दै रकम ठगी गर्ने दुईजनालाई पक्राउ परेका छन् । अमेरिका पुगेपछि प्रतिष्ठित कम्पनिमा काम लगाईदिन्छु भन्दै पटक पटक ठगी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला काठमाडौ वडा नं. १४ बस्ने विशाल श्रेष्ठ समेत दुई जनाले चन्द्र बहादुर रावल लाई वैदेशिक रोजगारको लागि अमेरिका पठाईदिन्छु भनी पटक पटक गरी पन्ध्र लाख रुपैँया ठगि सम्पर्क विहिन भएका थिए । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएका प्रहरी टोलीले निज विशाल श्रेष्ठ समेतलाई बानेश्वरबाट पक्राउ गरेको हो ।

यसबारे थप अनुसन्धान तथा कारबाहीको लागि श्रेष्ठलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाईएको छ ।