२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनआरएनएलाई एकतावद्ध बनाउन पुन: निर्वाचन गराउनुको विकल्प छैन: आरके पक्ष



अ+ अ-

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आरके शर्मा पक्षले संस्थालाई एकतावद्ध बनाउनका लागि पुन: निर्वाचन गराउनुको विकल्प नरहेको बताएको छ ।

मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै शर्मा पक्षले पुन: निर्वाचनको माग गरेको हो । अनलाइन माध्यमबाट गराइएको संघको गत निर्वाचनको वास्तविकता ल्याउन अन्तर्राष्ट्रिय छानविन समिति बनाउने भन्ने प्रश्ताव हास्यास्पद रहेको बताएको छ । पत्रकार सम्मेलनमा बोल्दै शर्माले यो लडाईं आफ्नो व्यक्तिगत नभइ संस्थागत लडाईं भएको बताउनु भयो । उहाँले आफूलाई झनै पेल्दै जान्छु भन्ने सोच्नु गलत भएको बताउनु भयो । उहाँले संघको पुन: निर्वाचनमा जानुपर्ने आवश्यकता रहेको बताउनु भयो । सानो घेरोमा संस्था लगेर पेल्दै गए न्तिम घडीसम्म पनि न्यायको लागि लड्ने चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, मैले अहिले पनि भन्छु, सम्पूर्ण साथीहरुलाई भन्छु, यो मेरो व्यक्तिगत लडाईं होइन । संस्थागत लडाईं हो । यदी तपाईहरुको पनि दायित्व छ भने आउनुस् टेबलमा बसौँ । उहाँहरुले आजसम्म न पूर्वअध्यक्ष, न हामीसँग कुरा गर्ने आँट गर्नुभएको छ । झन् बरु उहाँहरु पेल्दै जाने, यसै गरेर जाने हो र अलिदिनमा थाक्छन् की जस्तो सोच्नुभयो भने त्यो गलत हो । यो लडाईं पदको लागि होइन । रिइलेक्शन गरौँ । संस्थाको विश्वास फिर्ता ल्याऔँ । यदी रिइलेक्शनमा तपाईंले आरके शर्मा नउठ् भन्नुहुन्छ भने म यहीँ भन्छु, म प्रत्यासी हुँदिन तर संस्था बचाउनको लागि लाग्छु । तर सानो घेरोमा संस्था लगेर पेल्दै जानुभयो भने म मेरो अन्तिम घडीसम्म पनि न्यायको लागि लड्नेछु । यो सबैको साझा चौतारी हो, केही सानो घेरोको एउटामा रहनु हुँदैन ।’

उहाँले गैरआवासीय नेपाली संघ सानो ठाउँमा खुम्चिनु नहुने बताउनु भयो ।