• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo

स्वर्णिम वाग्ले रास्वपाको उपसभापति बन्दै



फाईल फोटो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभापति मा डा. स्वर्णिम वाग्लेलाई चयन गर्ने तयारी गरेको छ ।

महोत्तरीको जलेश्वरमा जारी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले डा वाग्लेलाई उपसभापतिमा मनोनित गर्ने एक केन्द्रीय सदस्यले जानकारी दिए । प्रतिनिधिसभामा तनहुँ–१ बाट निर्वाचित डा. वाग्ले रास्वपाको अर्थ विभाग प्रमुख समेत हुनुहुन्छ ।

रास्वपामा अहिले सांसद डोलप्रसाद अर्याल (डिपी) उपसभापति हुनुहुन्छ । रास्वपाको विधानमा दुई उपसभापतिको व्यवस्था गरिएको छ ।