• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा ★   ख्वप तिलगङ्गा आँखा अस्पतालद्वारा सेवा आरम्भ ★   वरिष्ठ आर्थिक पत्रकार बुढाथोकीलाई ‘मिडिया प्वाइन्ट सम्मान’ प्रदान ★   एमाले र रास्वपाबीच सहकारी र गिरिबन्धु टिस्टेट प्रकरणमा मिलेर जाने सहमति छ: गगन थापा ★   गृहमन्त्री लामिछानेले संसदमा दिएको अभिव्यक्ति टेलिभिजन प्रश्तोताका जस्तो भयो: गगन थापा ★   प्रतिनिधिसभा बैठक भोलि बस्नेगरी स्थगित ★   सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैनः रवि लामिछाने ★   ‘अर्को दलको सांसदलाई सदनमा बोल्न दिने कि नदिने निर्णय गर्नु कुन लोकतन्त्र हो ?’ ★   कांग्रेसलाई चेतावनी दिँदै रविले भने – तपाईँको गनगनले मात्र देश चल्दैन, झुटा मुद्दाले म डराउँदिन ★   प्रतिनिधिसभा बैठक जारी

रिलिजअघि नै बम्पर कमाई गर्दै रणवीर कपुरको फिल्म ‘एनिमल’



एजेन्सी । रणवीर कपूरको फिल्म ‘एनिमल’ डिसेम्बर १ मा सिनेमाघरमा रिलिज हुँदैछ । चलचित्रको अग्रिम बुकिङ डिसेम्बर २५ सुरु भएको थियो ।

ट्रेड रिपोर्टका अनुसार एनिमलले हालसम्म ६,०३६ शोको कुल २,०९,९८६ टिकट बिक्री गरेको छ । यो फिल्मले अहिलेसम्म ६.४२ करोड भारु कमाइ गरिसकेको छ ।

यो फिल्मले पहिलो दिन ५० करोडभन्दा बढी कमाउने अपेक्षा गरिएको छ । यो रणबीर कपुर र निर्देशक सन्दीप रेड्डी वांगा दुवैको करियरमा सबैभन्दा ठूलो डेब्यू हुने सम्भावना छ ।

रणवीर कपूरको ‘एनिमल’ मेघना गुलजारको ‘साम बहादुर’सँग प्रतिस्पर्धा गर्न तयार छ । ‘साम बहादुर’ भारतका प्रथम फिल्ड मार्शल साम मानेकशाको जीवनमा आधारित युद्ध नाटक हो । रणवीरको फिल्म विक्की कौशलको फिल्मभन्दा धेरै अगाडि छ । रिपोर्टलाई विश्वास गर्ने हो भने ‘साम बहादुर’को अहिलेसम्म १५ हजारभन्दा कम टिकट बिक्री भएको छ ।

ुकबीर सिंहु पछि ‘एनिमल’ सन्दीप रेड्डी वांगाको दोस्रो बलिउड फिल्म हो । यो डिसेम्बर १ मा हलमा रिलिज हुँदैछ । यो फिल्म यसअघि अगस्टमा रिलिज हुने भनिएको थियो तर सन्नी देओलको ‘गदर २’, अक्षय कुमारको ‘ओएमजी २’ र रजनीकान्तको ‘जेलर’सँगको भिडन्तका कारण निर्देशकले मिति सारेका थिए ।