१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

”पछिल्लो समय महिलाहरुमा सबैभन्दा धेरै सर्भाइकल क्यान्सर, पाठेघरको मुखको क्यान्सर, ब्रेस्ट क्यान्सर” (भिडियो सहित)

”पछिल्लो समय महिलाहरुमा सबैभन्दा धेरै सर्भाइकल क्यान्सर, पाठेघरको मुखको क्यान्सर, ब्रेस्ट क्यान्सर” (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । फेब्रुअरी ४ अर्थात् आज (शुक्रवार) विश्व क्यान्सर दिवस । नेपालमा पनि विभिन्न सचेतना मुलक कार्यक्रहरु गरेर यस वर्ष ‘बढ्दैछ चुनौति क्यान्सरको, पहुँच बढाऔँ स्याहार’को भन्ने नारासहित क्यान्सर दिवस मनाइएको छ । पछिल्लो समय नेपालमा क्यान्सरका बिरामीहरु बढ्दै गएको अध्ययनले देखाएको छ । त्यसमा पनि सबैभन्दा बढी महिलाहरुको पाठेघरको क्यान्सर हुने गरेको विज्ञहरु बताउँछन् । पछिल्लो केही वर्ष यताको तथ्यांकअनुसार महिलाहरुमा सबैभन्दा बढी पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर र फोक्सोको क्यान्सरका समस्या देखापरेको स्त्री रोग तथा प्रसुति विशेषज्ञ डा. रोशनी उलकले बताउनुभयो । उहाँले समाजमा जनचेतनाको कमीका कारण पाठेघरको मुखको क्यान्सरको समस्या बढ्दै गएको बताउनु भयो । डा. उलकका अनुसार हरेक महिलाहरुले प्रत्येक वर्ष आफ्नो पूरा शरीरको चेकजाँच गर्ने हो भने पाठेघरको मुखमा हुने क्यान्सरबाट जोगिन सकिन्छ । शुरुवाती चरणमै चेकजाँच गरेर उपचार गरे पाठेघरको मुखमा हुने क्यान्सरको पूर्णरुपमा उपचार गर्न सकिने उहाँको भनाइ छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालमा हाल फोक्सोको क्यान्सर सबैभन्दा बढी २३ प्रतिशत रहेको छ भने दोस्रो स्थानमा पाठेघरको मुखको क्यान्सर १७ प्रतिशत रहेको छ ।

प्रश्तुत छः विश्व क्यान्सर दिवसको अवसरमा स्त्री रोग तथा प्रसुति विशेषज्ञ डा. रोशनी उलकसँग गरेको कुराकानीको सम्पादित अंश ।  

प्रश्नः क्यान्सरको अवस्था कस्तो छ ?

उत्तरः  पछिल्लो समय क्यान्सरको अवस्था हेर्दा, नयाँ डेटा (तथ्यांक) अनुसार महिलाहरुमा सबैभन्दा धेरै सर्भाइकल क्यान्सर, पाठेघरको मुखको क्यान्सर, ब्रेस्ट क्यान्सर र लङ क्यान्सरहरु सबैभन्दा बढी मात्राम पाइएको छ ।

प्रश्नः समाजमा क्यान्सर बिरुद्धको सचेतना कस्तो छ ?

उत्तरः मान्छेहरुमा जनचेतनाको कमी जस्तो लाग्छ मलाई । मान्छेहरु केही समस्या परेमा अस्पताल आउनुप¥यो । के छ भनेर जचाउनु प¥यो । गाउँघर तिर त त्यस्तो छैन । तर काठमाडौंको नै मान्छेहरुमा पनि आफूलाई केही नपरेसम्म अस्पताल जाँदैनन् । नेपालीहरुको सोचाईअनुसार । हामीले वर्ष–वर्षमा अस्पताल गएर होल बडी चेकअप (शरीरको पूरा चेकजाँच) गराउनु पर्छ । अहिले नयाँ ट्रेन (चलन) त गएको छ तर काठमाडौं मात्रै नेपाल होइन, बाहिरी जिल्लाका मानिसलाई पनि यसको बारेमा जनचेतना जगाउन नसकेको कारणले गर्दा नै हामीमा क्यान्सर बढीरहेको छ ।

प्रश्नः केही वर्ष यता महिलालाई हुने पाठेघरको मुखको क्यान्सर बढी देखिएको छ, भन्ने कुरा सही हो  ?

उत्तरः पाठेघरको मुख भनेको पाठेघर र भजाइना (महिलाको यौनाङ्ग) लाई कनेक्ट ९जोड्ने० गर्ने कुरालाई पाठेघरको मुख भनिन्छ । यसको क्यान्सरलाई पाठेघरको मुखको क्यान्सर भनिन्छ । पाठेघरको क्यान्सर भन्नाले भित्र पनि हुनसक्छ । इण्डोमेट्रियल क्यान्सर हुनसक्छ, फ्यालोपनट्युबको क्यान्सर हुनसक्छ, ओभरीको क्यान्सर हुनसक्छ । तर हामीले अहिले कुरा गर्दा पाठेघरको मुखको क्यान्सर सबैभन्दा बढी देखिने गरेको छ । यो ‘ह्यूमन प्याप्लोमा’ भन्ने भाइरस भन्ने जुन किटाणु छ, त्यसले गर्दा सबैभन्दा मस्ट कमन कज एचपिबीको कारणले गर्दा हुन्छ । १६ र १८ जुन स्ट्रयान्ज छ, त्यसले बढी गराउँछ ।

प्रश्नः कस्तो लक्षण देखिन्छ, कसरी थाहा पाउने  ?

उत्तरः यदी बिरामीले श्रीमानसँग शारीरिक सम्पर्क गर्दा रगत देखापर्ने, महिनावारी सुकिसकेपछि पनि अलिअलि रगत देखापर्नु, डिस्चार्ज आउँदा बल्डी डिस्चार्ज जस्तो हुने, फल्स मेलिङ डिस्चार्ज हुने यस्तो कुनै पनि लक्षण तपाईमा देखिए अस्पताल गएर चेकजाँच गर्नुपर्छ । पाठेघरको मुखको क्यान्सर कस्ते हुन्छ भने त्यसको एउटा प्याप टेस्ट भन्ने हुन्छ । त्यो गर्न सकिन्छ । क्यान्सरबाट जोगिन प्याप स्मेल गर्न सकिन्छ, २१ देखि २९ वर्ष समूहका महिलाहरुले यदी उहाँहरु सेक्सुअल्ली एक्टिभ हुनुहुन्छ भने प्याप स्मेल टेस्ट हरेक तीन वर्षमा गर्नुपर्छ । ३५ देखि ६५ उमेर समूहको हुनुहुन्छ भने प्याप टेस्ट मात्रै गर्दा तीन वर्षमा गर्नुपर्छ । त्यसमा प्याप टेस्ट पनि जाँच्ने हो भने हरेक ५ वर्षमा गर्नुपर्छ । यदी ६६ भन्दा माथिको महिलाहरु हुनुहुन्छ भने पहिला जति पनि दिनहरुमा गरिरहनु भएको छ प्याप स्मेल टेस्ट, यदी नेगेटिभ छ भने अब डिस्कन्टिन्यू गरे पनि हुन्छ । भविष्यमा सर्वाइकल क्यान्सर लाग्ने चान्सेस उहाँहरुमा घट्दै जान्छ ।

प्रश्नः कस्तो महिलामा पाठेघरको मुखको क्यान्सरको जोखिम बढी हुन्छ  ?

उत्तरः रिस्क फ्याक्टरको कुरा गर्ने हो भने रिस्क फ्याक्टर भन्नाले यदी महिलाले पार्टनर चुज गर्दा मल्टिपल पार्टनर छानेको छ भने ‘द मोर मन्टिपल पार्टनर द मोर चान्सेज टु सर्वाइकल क्यान्सर’ । त्यसैले पार्टनर चुज पनि घटाउनु पर्छ । मल्टिपल पार्टनर युज गर्नु भएन एउटा कुरा । दोस्रो भनेको अर्ली एजमा सेक्स गर्नु पनि भएन । त्यो पनि अर्को कारण हुनसक्छ । यदी एसटिडी रोगहरु छ (सेक्सुअल्ली ट्रान्समिटेड डिजिज) रोगहरु गोनोरिया, क्लाइमेडिया, एचआईभी यिनीहरु रोग लागेका छन् भने र अर्को इम्यून कम्परमाइजमा पनि लाग्ने चान्सेजहरु बढी हुन्छ । त्यसैले यी रिस्क फ्याक्टरलाई ध्यानमा राखेर उहाँले प्रिभेन्सनहरु (रोकथामका उपाय) लिन सक्नुहुन्छ ।

प्रश्नः रोकथाम तथा उपचार सेवा कसरी गर्न सकिन्छ  ?

उत्तरः ह्यूमन प्यापिलोमा भाइरस भनेको धेरै वटा स्ट्रयान्ज छ । त्यस मध्येमा १६ र १८ ले सबैभन्दा बढी क्यान्सर गराउँछ भन्ने अहिलेसम्मको अध्ययन छ । भ्याक्सिनमा दुई वटा पाउन सकिन्छ । एउटा सर्वारिस्क र अर्को गार्डेसिल भन्ने छ । सर्वारिस्कले १६ र १८ लाई मात्रै काम गर्छ भने गार्डेसिलले १६, ८, ६ र ११ को स्ट्रयान्जलाई पनि काम गर्छ । ६ र ११ नम्बरको स्ट्रयान्जले हामीलाई सबैभन्दा बढी जेनेटिक वर्टहरु गराउँछ । त्यसले गर्दा पाउनुहुन्छ भने गार्डेसिल लगाएको राम्रो, नभए सर्वारिस्क पनि लगाएको राम्रो । भ्याक्सिन लगाउने सबैभन्दा रिकमेण्डेट (सिफारिस गरिएको) एज ग्रुप (उमेर समूह) भनेको ११ देखि १२ वर्ष मानिन्छ । तर लगाउन स्टाट (शुरु) ९ वर्षदेखि गरे पनि हुन्छ । दुई डोज भ्याक्सिन हुन्छ । ६ देखि १२ महिनामा लगाउनु पर्छ । एक पटक सम्पर्कमा बसिसक्नु भएको छ भने त्यत्ति धेरै त्यसले इफेक्ट (असर) गर्दैन ।

प्रश्नः पाठेघरको मुखको क्यान्सर पीडितको संख्या बढ्नुको कारण के देख्नुहुन्छ ?

उत्तरः मेरो विचारमा मान्छेहरुमा जनचेतनाको कमी जस्तो लाग्छ । एउटा कुरा त पहिला किन लाग्छ त यो रोग भन्ने कुरा थाहा छैन । तर लागिसके पछि कसरी यसलाई वर्ष–वर्षमा आएर कसरी हेर्न सकिन्छ प्याप टेस्ट गर्न सकिन्छ रु भन्ने कुरा जनचेतना पनि छैन । कुन लक्षण लागिसकेपछि के समस्या हुन्छ रु कहाँ देखाउन जाने त्यो पनि थाहा छैन । पाठेघरको मुखको क्यान्सर जुन छ, यदी अर्ली डिटेक्शन हुने हो भने यो क्यान्सर मोर सक्सेसफुल ट्रिटमेण्ट क्यान्सरमा पर्छ । त्यसैले पेसेन्ट(बिरामी) लाई लाग्दैमा फैलिहाल्ने भन्ने हुँदैन । तर पेसेन्ट सर्वाइकल क्यान्सर लिएर हाम्रो अस्पतालमा आउनुहुन्छ भने डेफिनेट्ली उहाँ लेट स्टेज (अन्तिम चरण) मा आउनुहुन्छ । अर्थात् पूरा फैलिएपछि मात्रै आउनुहुन्छ । शुरुको स्टेजमा आउनु भयो भने त्यसको लागि प्रिभेन्सन त छ नि ।

प्रश्नः विशेषज्ञको रुपमा आम महिलालाई के सुझाव दिनुहुन्छ  ?

उत्तरः म हरेक महिलालाई के भन्न चाहन्छु भने तपाईहरु आफ्नो पाठेघरको नियमित जाँच गराइराख्नु । केही समस्या नपरे पनि वर्षमा एक पटक आफ्नो स्वास्थ्यकर्मीलाई गएर एक पटक जचाउनुस् भन्न चाहन्छु ।