काठमाडौं । नेकपा एमालेका नेता तथा सांसद गोकुल बाँस्कोटाले सरकारलाई समर्थन पनि गरिरहने अनि काम चलाउ भन्ने दोहोरो चरित्र नदेखाउन चुनौति दिनुभएको छ ।
प्रतिनिधिशभाको बैठकमा बिशेष समयमा बोल्दै सांसद बाँस्कोटाले सरकार काम चलाउ भयो भन्ने टिप्पणी प्रति असहमति जनाउदै नेकपा माओवादी केन्द्रले आफै अड्काउने र आफै पड्काउने काम गरेका आरोप लगाउनुभयो । उहाँले सरकारको गति तथा विकास निर्माण गरेको देखिएर आत्तिनेहरुलाई कानमा कपास र साउने चस्मा लगाउन पनि सुझाब दिनुभयो ।
पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको सपनालाई केपि ओलीले पूरा गरेको भन्दै बाँस्कोटाले केपि ओलीले देखेका समपना कुनै समयमा पुरा हुने दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो जनमत लिन जनताको बिचमा जाने , विकास निर्माण हुने कुरा प्रतिगमन हो भने त्यस्तो प्रतिगमन बारम्बार हुन्छ । उहाँले नयाँ जनादेशमा जाने कुरा प्रतिगमन नहुने भन्दै प्रधानमन्त्रीको निर्णय सहि भएको दाबी गर्नुभयो ।











