२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

लडाकु शिविरको पैसा नखोज्ने र हेग नलानेलाई प्रधानमन्त्रीको अफर – सांसद बस्नेत (भिडियो सहित)

लडाकु शिविरको पैसा नखोज्ने र हेग नलानेलाई प्रधानमन्त्रीको अफर – सांसद बस्नेत (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । नेकपा एमालेका नेता तथा सांसद महेश बस्नेतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति कटाक्ष व्यक्त गर्नुभएको छ ।

आज बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद बस्नेतले गत निर्वाचनदेखि हालसम्म माओवादी अध्यक्ष दाहाल लाचार रुपमा प्रस्तुत भएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘चुनाव अगाडि गठबन्धन बनाएँ, चुनाव जितेपछि एकीकरण गराएँ, सरकार बनाउँदा आधा कार्यकाल मागेँ, कार्यकारी अध्यक्ष पाएपछि भैगो भनी छाडेँ, कार्यकारी प्रयोग गरी प्रधानमन्त्री र अध्यक्षको राजीनामा मागेँ, संसद विघटन गरेर निर्वाचनको घोषणा गरेँ, लोकतन्त्र संकटमा पर्‍यो भनेर कराएँ, प्रतिगमन भयो भनेर चिच्याएँ, आन्दोलन गराएँ, मिसन मिडिया चलाएँ, वकिल नागरिक समाज उचालेँ, अदालत गुहारेँ, निर्वाचन आयोग धाएँ, माइतीघर मण्डलामा सूर्यको चिन्ह लगाए, सेटिङको हल्ला चलाएँ, संसदीय दलको नेता बनेँ, अध्यक्ष घोषणा गरेँ, ११ गतेको फैसलाले मख्ख परेँ, लड्डु खाएँ, अबिर दलेँ, कांग्रेस र जसपाको अफिस धाएँ, नागरिक समाजको डबली धाएँ, २३ गतेको फैसलापछि आफ्नो साइजमा आएँ, विश्वास मत फिर्ता लिन्छु भन्छु सक्दिनँ, अविश्वासको प्रस्ताव ल्याउँछु भन्छु सक्दिनँ, नयाँ गठनबन्धन बनाउन खोज्छु सक्दिनँ, प्रधानमन्त्री बन्नुस भन्दा कसैले टेर्दैन, अब प्रधानमन्त्रीले विश्वासको मत लिनैपर्छ, नैतिकताको आधारमा राजीनामा दिनैपर्छ, लडाकु प्रकरण नउठाउने र हेग नलैजाने कोही तयार छ भने प्रधानमन्त्रीको सीट खाली छ, केपी ओलीको अगाडि मेरो केही लागेन , जसपा मानेन , कांग्रेस जागेन धन्यवाद ! ’,