काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद शशी श्रेष्ठले पहिचान बोक्ने नागरिकताबाट कोही नेपाली बञ्चित हुन नहुने बताउनुभएको छ ।
सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद श्रेष्ठले सरकारले नागरिकता विद्येयक पास नगरेको भन्दै यस्तो प्रतिक्रिया दिनुभएको हो ।
उहाँले भन्नुभयो ‘१० महिना लाग्दा पनि विधेयक पास नहुँदा शिक्षा, स्वास्थ्य रोजगार जस्ता संविधान प्रदत्त अधिकारबाट युवा बञ्चित भएका छन् । बैंक खातामा तलब राख्नुपर्ने, अनिवार्य गर्नुपर्ने भएकाले जागिर खानबाट बञ्चित भइरहेका छन् । घाम जत्तिकै छर्लंग भएको विषय हो । संविधासभाको पुनर्स्थापनाको विषय चलिरहेको समयमा यो विषय ओझेलमा पर्यो ।’











