• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

अष्ट्रेलियामाथि भारतको लगातार चौंथो जित, सिरिजमा २–० को अग्रता



एजेन्सी । टी–२० सिरिजको दोस्रो खेलमा भारतले अष्ट्रेलियालाई ४४ रनले पराजित गरेको छ । अष्ट्रेलियामाथि भारतको टी–२० आईमा यो लगातार चौंथो जित हो ।

यो जितसँगै टोलीले ५ खेलको सिरिजमा २–० को अग्रता बनाएको छ । सिरिजको तेस्रो खेल २८ नोभेम्बरमा गुवाहाटीमा हुनेछ ।तिरुवनन्तपुरममा अष्ट्रेलियाले टस जितेर बलिङ रोजेको थियो । टस हारेर पहिले ब्याटिङ गर्न आएको भारतीय टोलीले २० ओभरमा ४ विकेट गुमाएर २३५ रन बनाएको थियो ।

जवाफमा अष्ट्रेलियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १९१ रन मात्रै बनाउन सक्यो । भारतका प्रसिद्ध कृष्ण र रवि बिश्नोईले ३र३ विकेट लिए ।

यसअघि भारतका लागि ओपनर यशस्वी जैसवालले ५३ रन, इशान किशनले ५२ रन र ऋतुराज गायकवाडले ५८ रन बनाएर अर्धशतकीय पारी खेलेका थिए ।

अष्ट्रेलियाका बलर नाथन एलिसले ३ विकेट लिए । मार्कस स्टोइनिसले एक विकेट लिए । अष्ट्रेलियाले यो खेलका लागि प्लेइङ इलेभेनमा २ परिवर्तन गरेको थियो । बेहन्डर्फको स्थानमा एडम जाम्पा र आरोन हार्डीको स्थानमा ग्लेन म्याक्सवेल फर्किएका छन् । अर्कोतर्फ, टीम इन्डियामा कुनै परिवर्तन भएको छैन ।