२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

नेपालले म्यान्मार घटनाको विरोध जनाइसकेको छः परराष्ट्रमन्त्री ज्ञवाली

नेपालले म्यान्मार घटनाको विरोध जनाइसकेको छः परराष्ट्रमन्त्री ज्ञवाली
अ अ+ अ-

काठमाडौं ।  परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले म्यान्मारमा जारी हिंसाप्रति नेपाल सरकारले गहिरो चिन्ता र चासो जनाएको बताउनुभएको छ ।  

प्रतिनिधिसभामाको सोमबारको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री ज्ञवालीले म्यान्मार घटनाप्रति राष्टसंघले पारित गरेको प्रस्तावलाई नेपालले समर्थन गरिसकेको जानकारी दिनुभयो ।

उहाँले शान्तिपूर्ण प्रदर्शनमा धेरै निहत्था नागरिकको ज्यान गएको आफूहरुले देखेको जनाउँदै नेपालको विदेश नीतिको आधारभूत पक्ष मानव अधिकार र लोकतन्त्र भएको तथा नेपाल सरकारकाले जुनसुकै किसिमको हिंसाको विरोध गर्नेछ भन्नुभयो ।

मन्त्री ज्ञवालीले भन्नुभयो, हामीले म्यान्मारका नागरिक नेताहरुलाई हिरासतमा लिने सैनिक सरकारको कदमबारे तत्कालै विज्ञप्ति निकालेर विरोध गरेका छौं ।

हालै सम्पन्न बिम्स्टेकस्तरीय परराष्ट्र मन्त्रीहरूको बैठकमा म्यान्मार हिंसाबारे कुरा किन नठाएको भन्ने सांसदहरूको प्रश्नको समेत मन्त्री ज्ञवालीले जवाफ दिँदै बिम्स्टेक जस्ता मञ्चमा दुई पक्षीय विषय वा कुनै खास देशका घटनाबारे छलफल गर्न नमिल्ने स्पष्ट गर्नुभयो । 

मन्त्री ज्ञवालीले नेपाल बोल्नुपर्ने ठाउँमा बोलेको भन्दै भन्नुभयो, ‘जहाँ बोल्नुपर्ने हो, जुन फोरमबाट भन्नुपर्ने हो, त्यहाँबाट बिना संकोच नेपालले उठाउने गर्छ। त्यसरी नै नेपालले उठाइरहेको छ।’

म्यान्मारमा सैन्य कु को विरोधमा प्रदर्शनमा उत्रिएका ५०० भन्दा बढी व्यक्तिको सेनाको कारबाहीमा ज्यान गइसकेको छ । नेसनल लिग फर डेमोक्रेसीकी नेतृ आङ सान सुकी, राष्ट्पति समेतका विपक्षी नेताहरु सेनाको हिरासतमा रहेका छन् ।