१४ भाद्र २०८३, आईतवार
,
Latest
अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा भोटेकोशीमा पुनः बाढी, सतर्कता अपनाउन स्थानीय प्रशासनको आग्रह सवारीसाधन उपलब्ध गराउन निर्माण व्यवसायीको अपिल आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपदमा सेलिब्रेटीहरुको उद्धारको नाटक, त्रिशुलीपारि पुगेन सरकार बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षक विदेशिएपछि अध्यक्ष आफैँ पढाउँदै



अ+ अ-

बेलबारी । मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा रहेको लक्ष्मी माध्यमिक विद्यालयका स्थायी शिक्षक वैदेशिक रोजगारीमा गएपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आफैँ विद्यार्थीलाई अध्यापन गराउन थाल्नुभएको छ ।

विद्यालयका माध्यमिक तह विज्ञान दरबन्दीका शिक्षक भूपराज अधिकारीले स्वेच्छिक अवकाश लिएर क्यानडा प्रस्थान गरेपछि विद्यार्थीको पठनपाठनमा बाधा नपुगोस् भनेर अर्को शिक्षकको व्यवस्था नभएसम्म आफैँ अध्यापन गर्न थालेको अध्यक्ष गोविन्द भण्डारी बताउनुहुन्छ । अध्यक्ष भण्डारी सोही विद्यालयका पूर्व विज्ञान शिक्षकका साथै प्रधानध्यापकसमेत हुनुहुन्थ्यो ।

शिक्षक भूपराज अधिकारीसँगै उहाँकी श्रीमती भारती अधिकारी पनि बेलबारी ३ मा रहेको भगवती माविमा निम्न माध्यमिक तह विज्ञान दरबन्दीको शिक्षक हुनुहुन्थ्यो । उहाँले पनि शिक्षण पेसाबाट राजीनामा दिएर श्रीमान्सँगै वैदेशिक रोजगारीमा जानुभएको छ ।

लामो समय सोही विद्यालयमा अध्यापन गराउनुभएका उहाँ सेवा निवृत भएपछि सोही विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुनुहुन्छ । व्यवस्थापन समितिको अध्यक्ष भएपछि पनि उहाँले विद्यार्र्थीको पठनपाठनमा कुनै बाधा नपुगोस् भनेर अध्यापन गराएको बताउनुहुन्छ ।

शिक्षा विकास तथा समन्वय एकाइ मोरङका प्रमुख टङ्कप्रसाद गौतमका अनुसार स्थानीय पालिका तथा उक्त विद्यालयबाट शिक्षक मागसम्बन्धी कुनै पनि पत्र नआएको, शिक्षक मागसम्बन्धी पत्र आएमा कार्यालय शिक्षक तुरुन्तै पठाउन तयार रहेको बताउनुभयो । रासस