• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

हमासद्वारा बन्धकको दोस्रो समूह रेडक्रसलाई हस्तान्तरण



एजेन्सी । प्यालेस्टिनी इस्लामिक रेजिस्टेन्स मुभमेन्ट (हमास)ले शनिबार एक विज्ञप्ति जारी गर्दै इजरायली र विदेशी बन्धकको दोस्रो समूह रेडक्रसलाई हस्तान्तरण गरेको जनाएको छ ।

इजरायली डिफेन्स फोर्सेज (आइडीएफ)ले आफ्नो एक्स (ट्वीटर) अकाउन्टमा लेखेको छ, “१३ जना इजरायली र चार जना थाईसहित १७ जना बन्धकहरू इजिप्ट हुँदै इजरायलतर्फ लागेका छन् ।

रिहा भएका ती १७ जना प्यालेस्टिनी कैदीहरूको बदलामा इजरायल फिर्ता पठाइने बन्धकहरूको दोस्रो समूह हुन् ।

स्थानीय समयअनुसार शनिबार अपराह्न ४ बजे उक्त आदानप्रदान हुने तय भएको थियो तर इजरायलले चार दिने मानवीय युद्धविराम सम्झौताका शर्तहरू पूरा गर्न असफल भएको आरोप हमासले लगाएपछि कैँदी तथा बन्दीहरूको आदानप्रदान केही घण्टा ढिला भएको थियो ।

कतारी विदेश मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीले कतार र इजिप्टद्वारा दुवै पक्षसँगकोे सम्पर्कबाट ‘अवरोध’ अन्त्य गर्न समन्वय गरिएको र शनिबार राति ३९ जना प्यालेस्टिनीलाई इजरायली जेलबाट रिहा गरिने जानकारी दिनुभयो ।