१४ भाद्र २०८३, आईतवार
,
Latest
अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा भोटेकोशीमा पुनः बाढी, सतर्कता अपनाउन स्थानीय प्रशासनको आग्रह सवारीसाधन उपलब्ध गराउन निर्माण व्यवसायीको अपिल आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपदमा सेलिब्रेटीहरुको उद्धारको नाटक, त्रिशुलीपारि पुगेन सरकार बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

हमासद्वारा बन्धकको दोस्रो समूह रेडक्रसलाई हस्तान्तरण



अ+ अ-

एजेन्सी । प्यालेस्टिनी इस्लामिक रेजिस्टेन्स मुभमेन्ट (हमास)ले शनिबार एक विज्ञप्ति जारी गर्दै इजरायली र विदेशी बन्धकको दोस्रो समूह रेडक्रसलाई हस्तान्तरण गरेको जनाएको छ ।

इजरायली डिफेन्स फोर्सेज (आइडीएफ)ले आफ्नो एक्स (ट्वीटर) अकाउन्टमा लेखेको छ, “१३ जना इजरायली र चार जना थाईसहित १७ जना बन्धकहरू इजिप्ट हुँदै इजरायलतर्फ लागेका छन् ।

रिहा भएका ती १७ जना प्यालेस्टिनी कैदीहरूको बदलामा इजरायल फिर्ता पठाइने बन्धकहरूको दोस्रो समूह हुन् ।

स्थानीय समयअनुसार शनिबार अपराह्न ४ बजे उक्त आदानप्रदान हुने तय भएको थियो तर इजरायलले चार दिने मानवीय युद्धविराम सम्झौताका शर्तहरू पूरा गर्न असफल भएको आरोप हमासले लगाएपछि कैँदी तथा बन्दीहरूको आदानप्रदान केही घण्टा ढिला भएको थियो ।

कतारी विदेश मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीले कतार र इजिप्टद्वारा दुवै पक्षसँगकोे सम्पर्कबाट ‘अवरोध’ अन्त्य गर्न समन्वय गरिएको र शनिबार राति ३९ जना प्यालेस्टिनीलाई इजरायली जेलबाट रिहा गरिने जानकारी दिनुभयो ।