• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

दिनमा २५ मिनेट दौडँदा ८ वर्षसम्म मृत्युको जोखिम ३५ प्रतिशतले कम हुने



एजेन्सी । आयु बढाउन हिड्नु भन्दा दौडनु फाइदाजनक हुन्छ । ताइवानका अन्वेषकहरूले चार लाखभन्दा बढी मानिसहरूलाई कडा व्यायाम (जस्तै दौडने) र मध्यम व्यायाम (जस्तै तीव्र हिड्ने) मा अध्ययन गरे । उनीहरूले नियमित रूपमा पाँच मिनेटको दौडमा जाने मानिसको आयु १५ मिनेटको पैदल यात्रा गरेजस्तै बढेको पत्ता लगाए ।

अध्ययनले यो पनि देखाएको छ कि नियमित २५ मिनेट दौड र १०५ मिनेट हिँड्दा आगामी आठ वर्षमा मृत्युको जोखिम लगभग ३५ प्रतिशतले कम हुन्छ ।

सन् २०१४ मा आयोवा स्टेट युनिभर्सिटीका शारीरिक गतिविधि विज्ञानका प्राध्यापक डक–चुल ली र सहकर्मीहरूले गरेको अर्को अध्ययनले नियमित रूपमा ९ किलोमिटर प्रतिघण्टा वा त्यो भन्दा ढिलो दौडने–हिँड्ने मानिसको तुलनामा ३० प्रतिशत बढी फिट भएको देखाएको थियो ।

यी व्यक्तिहरूमा मृत्युको जोखिम पनि अर्को १५ वर्षमा ३० प्रतिशत कम थियो । थोरै मात्रामा गतिविधि गर्नाले पूर्णरुपमा गतिहिन रहनुको तुलनामा अक्सिजनको मात्र सुधार हुन सक्छ ।