• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

विश्वका सबैभन्दा जेठा सेलिब्रेटीको शीर्ष १० मा ४ भारतीय सुपरस्टार



एजेन्सी । बलिउड फिल्म र संगीतलाई भारतमा मात्र नभई विश्वभरका मानिसहरूले मन पराउँछन् । धेरै स्थानीय कलाकारले हलिउड फिल्ममा अभिनय गरेर आफ्नो ख्याति कायम गरेका छन् । यसैबीच उमेरको कुरा हो भने बलिउडले विश्वको फिल्म इन्डस्ट्रीलाई उछिनेको छ ।

बलिउडमा सबैभन्दा पुरानो सक्रिय अभिनेता हुन् अमिताभ बच्चन हुन् । अमिताभ ८१ वर्षको उमेरमा पनि फिल्ममा काम गरिरहेका छन् र भारत यस मामिलामा विश्वमा सबैभन्दा अगाडि छ ।

८१ वर्षका अमिताभ बच्चनपछि यो सूचीमा दोस्रो नाम ६९ वर्षका ज्याकी च्यानको छ । तेस्रो नम्बरमा ६१ वर्षका अमेरिकी सुपरस्टार टम क्रुज छन् । तेस्रो नम्बरमा अमेरिकी अभिनेता जोनी डेपको नाम छ, जो अहिले ६० वर्ष पुगेका छन् ।

चौथो नम्बरमा ५८ वर्षका रोबर्ट डाउनी जुनियर छन् । सोही स्थानमा बलिउडका बादशाह अर्थात् ५८ वर्ष पुगेका शाहरुख खान छन् ।