५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुरुङमा फसेका ४१ कामदारलाई मुक्त गर्ने प्रयास तेस्रो सातामा प्रवेश



अ+ अ-

सिल्कयारा सुरुङ  । भारतीय सेनाले आइतबार विशेष उपकरणसहित सुरुङभित्र फसेका ४१ कामदारलाई बाहिर निकाल्ने प्रयास गरेका छन् । कामदारलाई सुरुङबाट बाहिर निकाल्ने प्रयास तेस्रो सातामा प्रवेश गरेको छ । बारम्बारको असफलतापछि उनीहरूलाई बाहिर निकाल्नका लागि तीन दिशाबाट खन्ने काम जारी राखिएको छ ।

भारतीय हवाई सेनाले तत्परताका साथ काम गरिरहेको आइतबार बताएको छ । हिमाली राज्य उत्तराखण्डको निर्माणाधीन सिल्कयारा सुरुङ मार्ग आंशिकरूमा भत्किएपछि उद्धार कार्यका लागि सेनाले तत्परता देखाएको हो ।

इन्जिनियरहरूले ५७ मिटर चट्टान र कङ्क्रिटबाट धातुको पाइप तेर्सोरूपमा लैजाँदा सुरुङमा पुरिएका धातुका बिम र निर्माण सवारीहरूसँग ठोक्किँदा उद्धारकर्मीहरूले उक्त दुर्गम पहाडी स्थानमा सुपरहिटेड प्लाज्मा कटर ल्याउन आग्रह गरेका छन् ।

कामदारसम्म पुग्नुभन्दा नौ मिटरअघि नै एउटा ठूलो बोरिङ मेसिन भाँच्चिएको थियो । हातले खन्ने काम जारी राख्नुअघि बोरिङ ड्रिल र तेस्रो मार्ग अवरुद्ध पार्ने धातु हटाउनका लागि प्लाज्मा कटिङ मेसिनको प्रयोग गरिने छ ।

भग्नावशेषमा मोटा मोटा धातुका बिमले मार्ग बनाउने कामलाई अवरुद्ध पुर्याइरहेको छ र सीमित पाइपभित्रबाट ती बिमलाई हटाउन परम्परागत अक्सिएसिटिलिन कटरको प्रयोग गर्न कठिन भएको छ । पाइपभित्र मात्र एक व्यक्तिका लागि घस्रिनका लागि पर्याप्त चौडाइ छ ।

हवाई सेनाले धेरै विवरण उल्लेख नगरी ‘महत्त्वपूर्ण’ उक्त उपकरण मुलुकको रक्षा अनुसन्धान तथा विकास सङ्गठनबाट आएको बताएको छ । उक्त सङ्गठन सरकारको रक्षा प्रविधि अनुसन्धान शाखा हो ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले ८९ मिटर तल अर्को ठाडो ड्रिलिङको काम भइरहेको शनिबार बताउनुभएको थियो । सुरुङ मार्गभन्दा धेरै टाढाबाट पनि काम सुरु भएको छ । यो तेस्रो मार्ग करिब चार सय ८० मिटर लामो रहेको अनुमान गरिएको छ ।

मङ्गलबार सुरुङभित्र फसेका कामदारहरूलाई पहिलो पटक जीवित देखिएको थियो । उद्धारकर्मीहरूले एउटा पातलो पाइपको माध्यमबाट पठाइएको एन्डोस्कोपिक क्यामेराको लेन्सलाई उनीहरूले हेरिरहेको देखिएको थियो । सोही पाइपमार्फत उनीहरूलाई हावा, खाना, पानी र  बिजुली पुर्याइएको थियो ।

भग्नावशेष खस्ने र ड्रिलिङ मेसिन बारम्बार बिग्रिँदा उद्धार प्रयास सुस्त र जटिल भएको छ ।




भर्खरै