काठमाडौं । वेलकम एड्भरटाईजिङ्गले आज आफ्नो स्थापनाकालको २९ औं वर्ष पार गर्दै ३० औं वर्षमा प्रवेश गरेको अवसरमा विशेष कार्यक्रम आयोजना गरि संस्थाको वार्षिक उत्सव मनाएको छ ।
उक्त अवसरमा यस संस्थाका संचालक श्री निर्मल राज पौडेल ज्यूले विज्ञापनदाताको चाहना अनुरुप विज्ञापन उपलब्ध गराउन पाउदा विज्ञापनदाता तथा शुवेच्छुकहरु प्रति गौरवान्वित महसुस गर्नुका साथै संस्था तथा संस्थामा कार्यरत सम्पूर्ण कर्मचारीहरुको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो । साथै, आउदा दिनमा समयानुकूल आफूलाई परिवर्तन गर्दै अझ प्रभावकारी ढङ्गले आफ्नो सेवा प्रवाह गर्दै लैजाने विश्वास व्यक्त गर्नुभयो ।
विज्ञापन जगतमा एउटा छुट्टै पहिचान कायम गर्न सफल, वि. स. २०४८ चैत २३ मा स्थापित यस संस्था ले हाल आफ्नो कार्यदायरा बढाएर वेलकम ग्रुप अन्तर्गत, वेलकम इभेन्ट म्यानेजमेन्ट, अंग्रेजी अनलाइन पत्रिका CEO, Welcome AV Production tyf Welcome Developers पनि संचालन गर्दै आएको छ ।











