८ पुष २०८२, मंगलवार
,
Latest
एमाले उपमहासचिव भट्टराईद्वारा सचिवालय बैठक बोलाउन माग प्रधानमन्त्री कार्कीलाई काँग्रेसको जवाफः तपाईंकै जेठो छोराले निर्वाचन हुन दिन्न भनेपछि हाम्रो के लाग्छ फागुन २१ मा निर्वाचन गर्नुको विकल्प छैनः सञ्चारमन्त्री खरेल महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ: प्रधानन्यायाधीश पालिकास्तरीय चित्रकला कार्यशाला सम्पन्न दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ व्यास नगरपालिकामा फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी डलरको भाउ बढ्दा तिर्न बाँकी ऋणको दायित्व चुलियो पोखरेबगर–घोडेपानी सडक स्तरोन्नति सुरु सुनको मूल्यमा भारी वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजदेखि द्रुत बस सेवा पुन: सुरु



अ+ अ-

काठमाडौं । रत्नपार्क–सूर्य विनायक द्रुत बस सेवा आजदेखि पुन: सञ्चालनमा आएको छ । संविधान दिवसका दिनबाट सुरु भएको द्रुत सेवा दसैँ र तिहारको बिदामा यात्रुको चाप न्यून भएपछि केही समयका लागि रोकिएको थियो ।

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले आजबाट द्रुत बस सेवा पुन: सुरु भएको जानकारी दिए । थप ११ वटासहित पहिलेभन्दा व्यवस्थित तरिकाले द्रुत बस सेवा पुन: सञ्चालनमा ल्याइएको उनले बताए । उनले भने, ‘११ वटा बस थपेर पुन: द्रुत बस सेवा सुरु भएको छ । अहिले २९ वटा बसेले सेवा दिइरहेको छ । यही हप्ताभित्र बसको सख्याा ३६ पुर्‍याउने छौँ ।’

भक्तपुरको सूर्यविनायकबाट रत्नपार्कसम्मको सडक खण्डमा चल्ने द्रुत बस सेवाले यात्रुलाई ४५ मिनेटमै सूर्यविनायकबाट रत्नपार्क पुर्‍याउनेछ । सामान्य बसलाई भने १ घण्टाभन्दा धेरै लाग्ने गरेको छ ।

द्रुत बसलाई जाम छल्न सजिलो हुने गरी माइतीघर, कोटेश्वर, जडीबुटीमा ननस्टप सञ्चालनमा ट्राफिक प्रहरीले सहयोग गर्नेछन् । यसका लागि विभागले सूर्यविनायकबाट सल्लाघारी, राधेराधे, थिमिचोक, चारदोबाटो, गठ्ठाघर, कौशल्टार, लोकन्थली, जडीबुटी, कोटेश्वर, तीनकुने, शान्तिनगर, नयाँबानेश्वर, बबरमहल, माइतीघर, भद्रकाली र अन्तिम रत्नपार्कमा बस बिसौनी तोकिएको छ ।

सडकमा रातो रङगले पोतिएको लेनमा मात्र यी बस सञ्चालन हुन पाउनेछन् । त्यो लेनमा यस अवधिमा द्रत बस र आपतकालीन सेवाका सवारी साधनबाहेक अरु कुनै सवारी साधन चल्न पाउने छैनन् । सूर्यविनायकबाट बिहान ८ देखि ११ बजेसम्म र अपरान्ह ४ देखि ६ बजेसम्म सञ्चालन हुने द्रुत सेवाका बस दुवैतर्फबाट पाँचरपाँच मिनेटको फरकमा छुट्नेछन् ।